बिहानी आकाश हेर्छु,
हिमाल माथी आएका बादलहरू हेर्छु
त्यो न्यानो घामलाई स्पर्श गर्छु
दिउँसो न्यानो घाममा घोत्लिन्छु
हावासङ्ग बहन्छु (हावासङ्ग बहु भन्छु गीत फ्याट्ट सम्झिन्छु।)
साँझमा गोधुलीको रङ्गसङ्गै रङ्गिन्छु
च्याको साथमा अप्नतब अनुभूति गर्छु
रात्री प्रहरमा जुन च्याउँछु
म साँच्चै भेटिने संसारमा हराउँछु !
म आफूलाई बडो प्रकृतिप्रेमी हुँ भन्दिनँ
तर म प्रकृतिको हर अंश आफू भित्र पाउँछु
तिन्ले मलाइ उर्जा भर्छन् !
यी मध्ये पनि पहाड र बादलको लुकामारीको साक्षी आफैंलाई पाउँछु
यो संसारको एक सानो संसारीले सांसरिकता भन्दा पर आफूलाई पाउँछ
ऊ मध्यमार्गी छ, ऊ यो विशाल ब्रह्माण्डको एक कण मान्दछ
ऊ केवल हावासङ्गै बहन्छ
बादलसङ्गै कोसौं कोसको यात्रा गर्छ,
सागर देखि सगरसम्म पुग्दछ !
उसको परिचय के हो, उ नै बेखबर छ !
तर ऊ एक 'कणु' हो, कुहिरोको भुइँमान्छे हो
मनमा हिमाल लिएर बाँचेको मान्छे होस
र यी सबै उस्को पेवा होइन भनेर पनि जान्दछ,
तर केहीबेर सांसरिकतामा डुब्न चाहन्छ
किनकि ऊ जान्दछ, नचाहेर पनि ऊ ब्युँझिनु छ
उसले निक्कै लामो यात्रा गर्नुछ ।