सोलुखुम्बुको थुलुङ दूधकोसीका अध्यक्षले आफ्नै लगानीमा एमबिबीएस पढाउने

<span class='c1'>सोलुखुम्बुको थुलुङ दूधकोसीका अध्यक्षले</span> <span class='c2'>आफ्नै लगानीमा एमबिबीएस पढाउने</span>

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकाका अध्यक्ष अशिम राईले आफूले पाउने तलब सुविधाबाट एक विद्यार्थीलाई एमबिबीएस पढाउनुहुने भएको छ ।

उहाँले खर्च अभावले पढ्न नपाएका गरिब तथा जेहेन्दार विद्यार्थीलाई एमबिबीएस पढाउने निर्णय गर्नुभएको छ ।

स्थानीय तहको निर्वाचनमा थुलुङ दूधकोशीबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा विजयी भएपछि राईले उक्त निर्णय गर्नुभएको हो । उहाँले यही माघ १२ गते सूचना जारी गर्दै छात्रवृत्तिका लागि आवेदन दिन आह्वान गर्नुभएको छ ।

अध्यक्ष राईले गाउँपालिका भित्रका इच्छुक विद्यार्थीले सम्बन्धित विषयको प्रवेश परीक्षा उत्तीर्ण गरी गाउँपालिकामा १५ दिनभित्र आवेदन दिन आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्