रविलाई गृहमन्त्री बनाउन बालकोटको छैन दवाव : महासचिव पोखरेल

<span class='c1'>रविलाई गृहमन्त्री बनाउन बालकोटको छैन</span> <span class='c2'>दवाव  : महासचिव पोखरेल</span>

विराटनगर । नेकपा एमालेका महासचिव शकर पोखरेलले रवि लामिछानेलाई गृहमन्त्री बनाउन बालकोटले कुनै खाल्को दबाब नदिएको बताएका छन् । विराटनगरमा आज (सोमबार) विराटनगर विमान स्थलमा संचारकर्मीले रवि लामिछानेलाई गृहमन्त्री बनाउन बालबालकाट बाट दबाब दिइरहेको भन्ने छ नि भन्ने प्रश्नमा महासचिव पोख्ररेलले यस्तो बताएका हुन् ।

अहिले कुनै पनि खाल्को दबाब नदिएको बताउदै उनले गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टी बीच छलफल भएर मात्रै टुङ्गिने बताए । रवि लामिछानेको मुद्दाको फैसला प्रति असन्तुष्टि व्यक्त गर्दै उनले न्यायालयको भूमिका निष्पक्ष नभएको समेत आरोप लगाए ।
न्यायलय भनेको निष्पक्ष हुनु पर्ने तर्क गर्दै उनले अरूको पनि अदालतमा पहिला देखी नै नागरिकता विवाद रहेकाले यसको छानबिन नभई रविको मात्रै हुनुले न्यायालय निष्पक्ष नरहेको समेत पुष्टि गरेको बताए ।

उनले राष्ट्रपतिका् प्रशंगमा नेपाली काँग्रेसले दाबी गर्न नमिल्ने बताए । नेपाली काँग्रेसले पहिला आफूले आफ्नो ‘पोजिसन’ कुन हो ? भन्ने प्रष्ट पार्नुपर्ने बताए ।
‘अहिले काँग्रेस न सत्ता पक्ष न प्रतिपक्ष जस्तो देखिएको छ,’ उनले भने ‘दिशाहीन अवस्थाको जस्तो देखिएकाले पहिला उ सचिन्न पर्छ ।’ नेपालको लोकतान्त्रिक आन्दोलनको पुरानो पार्टीयस्तो अवस्थामा रहनु दुखको कुरा रहेको उनको भनाई थियो ।

काँग्रेसले नेपालका प्रमुख पदहरूमा दाबी गर्नुको कुनै अर्थ नरहेको बताउदै उनले दाबी गर्नका लागि उसले सत्ता पक्षका रूपमा घोषणा गर्नु पर्नेमा जोड दिए । अहिलेसम्म काँग्रेसले प्रतिपक्ष भनेर दाबी गर्दै संसद सचिवालयमा पत्र पठाएको उनले बताए । काँग्रेस आफू पहिला सच्चिनु पर्नेमा जोड दिँदै उनले मात्रै राष्ट्रपतिमा दाबी गर्न मिल्ने बताए ।

राष्ट्रपतिको चुनावको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालको व्यवहार नकारात्मक नभएको उनले दाबी गरे ।
‘प्रधानमन्त्रीको भूमिकामा शंका गर्ने ठाउँ छैन,’ उलने भने,‘ राष्ट्रिय सहमति खोज्नुको अर्थ प्रतिपक्षलाई दिनु भन्ने होइन, प्रधानमन्त्रीले पनि सत्ता गठबन्धन भित्र बाट नै राष्ट्रपति होस भन्ने चाहनु भएको छ । ’

राष्ट्रपतिमा एमालेको उम्मेदवार हार्छ भन्ने कल्पाइनै गर्न नसकिने उनको तर्क रहेको छ । संघ देखी प्रदेश सम्म नै गठबन्धनको सरकार रहेकाले सत्ता गठबन्धनको उम्मेदवारले राष्ट्रपति हुने बताएका छन ।नेपाली काँग्रेसले सत्ता बाहिर रहँदा अस्थिरता ल्याउनका लागेको आरोप पनि उनले लगाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्