प्रधानमन्त्री दाहाल र अध्यक्ष ओली भेट

<span class='c1'>प्रधानमन्त्री दाहाल र</span> <span class='c2'>अध्यक्ष ओली भेट</span>

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सो भेटमा समसामयिक राजनीतिक विषय, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आगामी फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ ।

आजै प्रधानमन्त्री दाहालसँग प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले भेटवार्ता गर्नुभएको थियो ।

भेटमा उहाँहरुबीच बधाई आदानप्रदानका साथै प्रदेश सरकारलाई प्रभावकारी बनाउने विषयमा कुराकानी भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्