झापाबाट ब्राउन सुगर सहित ३ जना पक्राउ

<span class='c1'>झापाबाट ब्राउन सुगर सहित</span> <span class='c2'>३ जना पक्राउ</span>

झापा । झापाको दमक नगरपालिका-२ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार दिउँसो दमक-२ नयाँ आम्दा खरखरे टोल स्थितमा ब्राउन सुगर विक्री वितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा दमक-८ का ३७ बर्षीय तेज कुमार खवास, ३५ बर्षीय सुनिल श्रेष्ठ र दमक-२ का२२ बर्षीय बिजय धिमाललाई पक्राउ गरेको हो।

उनीहरुको साथबाट १९ ग्राम ब्राउन सुगर, नगद ९७ हजार ६ सय रुपैयाँ, ४ थान मोबाइल र को. २८ प ३१४६ नम्बरको स्कुटर, प्रदेश १-०२-०४८ प ६६५७, ज. १२ प ५५५७ नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको थियो ।

पक्राउ परेका तीनै जनाको ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्