उद्योगी व्यापारीको समस्या समाधानका लागि निरन्तर छलफलमा छौं : अध्यक्ष ओली

<span class='c1'>उद्योगी व्यापारीको समस्या समाधानका लागि निरन्तर</span> <span class='c2'>छलफलमा छौं : अध्यक्ष ओली</span>

विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले हाताहाती काम गर्नुपर्नेमा जोड दिएका छन् । विराटनगरमा आजदेखि सुरु भएको सिआइएन कोशी एक्स्पोको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अहिलेको सरकारले हाताहाती काम गर्नुपर्ने र हेर्दै जाउँला, गर्दै जाउँला, ठिक छ नि ? हुँदैछ । मैले तपाईका कुरा सुने भनेर नहुने बताएका हुन् ।

उनले पुस दश गते यताको सभा महिनामा देशको अर्थतन्त्र सुधारमा गएको दाबी गर्दै अदालतको परमादेशपछि बनेको सरकारको कारण अर्थतन्त्र डामाडोल बनेको आरोप लगाए । उनले सोही अवधिमा अर्थतन्त्र ऋणात्मक पुग्न लागेको आरेप लगाउदै आगामी दिनमा त्यसलाई सुधार गरिने समेत बताए ।
उनले अघिल्लो सरकारलाई इंकित गर्दै त्यही हिसावले देश अगाडि जाने हो भने देश बर्बाद हुने अवस्था रहेको दाबी गरे । उनले भने,‘त्यसयताको सभा महिनामा गरेको प्रयासले केही सकारात्मक कदमहरु चाल्ने र अर्थतन्त्रलाई सकारात्मक दिशामा ल्याउन कदम चाल्ने काम भएको छ ।’
उनले अहिले कुराको जुहारी खेल्ने बेला नरहेको भन्दै व्यङ्गात्मक भाषामा उनले कुराले च्यूरा नभिज्ने समेत बताए ।

उनले अहिलेको औद्योगिक व्यवसायीक क्षेत्रको कुरा पनि त्यही रहेको बताउदै सरकारको कुराले उद्योगीको च्यूरा नभिज्ने बताए ।
ओलीले पूर्व प्रधानमन्त्री तथा नेकपा एसका नेता माधवकुमार नेपालको अभिव्यक्ति तर्फ औँल्याउदै भने, ‘एक जना मान्छेले भन्थे नगदा नगदी, हाताहाती भन्ने गर्थे । त्यो उनको पदको कुरा हो । म पदको कुरा होइन । समस्या समाधानको कुरा गरिरहेको छु ।’ उनले अहिलेको सरकारले नगदा नगदी पुरा गर्नुपर्छ, तत्कालको तत्काल । हेर्दै जाउँला, गर्दै जाउँला, ठिक छ नि हुँदैछ । मैले तपाईका कुरा सुने भनेर नहुँने बताउदै उनले भने,‘कुरा सुनेर के पशुपतिलाई सुनाएको हो ? यस कुरालाई यो जवाफ यसको समाधान यो भनेर दिनुपर्छ ।’

उनले शेरबहादुर देउवा नेतृत्वको सरकारका विरुद्धमा आक्रोश व्यक्त गर्दै डेढवर्षमा अर्थतन्त्र ध्वस्त भएको आरोप लगाए । उनले यस्तो निराशा कहिल्यै नआएको बताउदै अब पुनः अर्थतन्त्र उँभो लाग्नेमा जोड दिए । ‘हाम्रा ऋषिमुनीहरु डेढ वर्ष त तपस्या गरेरै बिताउँथे । अलिअलि समस्या आयो भने आत्महत्यै गर्ने ?’ उनले भने, ‘कहिले कहिले त नोक्सान हुन्छ, कहिले कहिले घाटा पनि लाग्छ । सूर्यजस्तो चिजलाई त ग्रहण लाग्छ भने हाम्रो उद्योगलाई कहिले काँही लाग्यो होला ।’ उनले परमादेशबाट आएको ग्रहणले डेढवर्ष छोप्यो भन्दैमा आत्महत्या गर्न नहुनेमा जोड दिए ।
उनले आफूले विताएका कुरालाई समेत स्मरण गरेका थिए । आफूलाई डेढ महिनासम्म केही पनि खान नदिएर प्रहरी हिरासतमा राखेर बुट र लाठी मात्रै हान्ने गरेको र त्यति गर्दा पनि कहिल्यै पनि हिम्मत नहारेको बताए ।

४ वर्ष चिसो सिंढीमा राखेर मन्त्री हुन लागेका होइन भन्दै लात्ताले हान्ने गरेको बताउदै उनले भने,’ हुन त प्रधानमन्त्री हुन परेको रहेछ ।’
उनले आफ्नै भोगाईका कुराहरु सुनाउदै आत्महत्याको बाटो कहिल्यैपनि नरोज्न भन्दै उद्योगी व्यापारीलाई सुझाए । चिसो छिडिमा बेलुका बस्दा चिसो पानी खनाइरहेको हुने र सुकुलमा बस्यो तलबाट पानी हाल्ने त्यस्तो जिन्दगी पनि आफूले बिताएको बताए । उनले भने,‘तर, आत्महत्याको बाटो कहिल्यै सोचिन,’ उनले बाँचुन्जेल हिम्मत हार्नु नुहने बताउदै उनले भने,’ ज्यूँदो मान्छे त मान्छे जस्तै हुनुपर्यो नि । बिना मुद्दा थुनेको थुन्यै गरेको अवस्था त भोगेर आइयो ।‘ राजनीतिमा मात्रै नभएर ग्रहण भनेको सबै ठाउँमा लाग्न सक्ने बताउदै सबै आशावादी हुनुपर्नेमा जोड दिए ।
उनले उद्योगी व्यापारीको समस्या समाधानका लागि आफूले निरन्तर छलफल गरिरहेको समेत बताए ।

उनले आफूले चिनतिरबाट पनि बाटो खोलेको बताउदै कुनै पनि मौसममा नरोकिन डबल लेनको हाइवे किमाथांका-विराटनगर बाटो बन्ने बताए । उनले भने, ‘मैले चिनिया राष्ट्रपति सिजिङ पिङसँग पनि कुरा गरेको छु । उहाँले तपाईहरु जति उत्पादन गर्नुहुन्छ । जे जे कुरा उत्पादन गर्नुहुन्छ यहाँ पठाउनुहोस हामी किन्छौं भन्नुभएको छ ।’ उनले आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी सँग पनिकुरा गरेको बताए । उनले अहिले भारतको एउटा बौद्धिक टोली नेपाल आएको बताउदै नेपाल, भारत, बंगलादेश र म्यानमार चारवटा देशको कनेक्टिभिटी, व्यापार, सडक पूर्वाधारको विषयमा अध्ययन गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्