नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघ पूर्वाञ्चल च्याप्टर गठन

<span class='c1'>नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ</span> <span class='c2'>संघ पूर्वाञ्चल च्याप्टर गठन</span>

धरान । नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघको आयोजनमा धरान उपमहानगरपालिका–१४ स्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघको साधारण सभा साथै पूर्वाञ्चल च्याप्टरको गठन गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघका अध्यक्ष डा. अतुल उपाध्यायको सभापतित्वमा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय प्रविधि क्याम्पस, हात्तीसारका प्राध्यापक तथा खाद्य विभाग प्रमुख बसन्त कुमार राई, विशेष अतिथिमा राष्ट्रिय खाद्य अनुसन्धान केन्द्र, नार्कका खाद्य विभाग प्रमुख तथा वरिष्ठ वैज्ञानिक डा. रोमन कार्की, केन्द्रीय प्रविधि क्याम्पसका स.क्याम्पस प्रमुख बबिता अधिकारी, खाद्य गुण नियन्त्रण कार्यलय, जनकपुरका प्रमुख बरिस्ठ खाद्य अधिकृत बिजय खनाल, सि जी फुड्स, सुनसरी शाखाका प्रमुख लक्ष्मण श्रेष्ठ एवं कार्यक्रममा थुप्रै खाद्य प्राविधिक, उद्योग व्यवसायी, नेफोस्टाका सदस्यहरू, नेफ्साका सदस्यहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन खाद्य प्राविधिक आलोक श्रेष्ठले गरेका थिए। भने स्वागत मन्तब्य नेफोस्टा केन्द्रीय समितिका अध्यक्ष डा.अतुल उपाध्यायले गरेका थिए साथै उनले नेफोस्टा बारे उपस्थितहरू माझ जानकारी दिए। उनले नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघको इतिहास, वर्तमान तथा भविष्यका योजनाको जानकारी दिदै खाद्य विज्ञान तथा प्रविधिको विकास सम्बर्द्धन र समुचित प्रयोगद्वारा मानव समुदायको हित, उत्थान तथा समुन्नतिको निमित्त योगदान दिने लक्ष्यका साथ खाद्य वैज्ञानिक तथा खाद्य उद्योगी बिच सहकार्य गर्ने बुदा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेफोस्टा अध्यक्ष डा. उपाध्यायले आफू केहि राम्रो गर्न यो पदमा आएको र खाद्य प्राविधिक र वैज्ञानिकको हकहितका लागी काउन्सिल, उपोभोक्ता सचेतनाको लागि साझा सवाल लगायत कार्यक्रम अघि बढाउन लागेको बताए । अध्यक्षले सम्पूर्ण खाद्य प्रविधि पढेर सकेका विद्यार्थीहरूका हक हितका लागि साथै नेपाल भरि नै खाद्य विज्ञान सम्बन्धि जनचेतनामूलक कार्यक्रमहरू बिस्तारै अघि बढाउने अठोट लिए ।

कार्यक्रममा विशेष आथिति डा. रोमन कार्कीले खाद्य प्रविधिको भविष्य राम्रो भएको भन्दै विश्वमै भीमकाय रुपमा बढीरहेको जनसंख्यालाई भोकमरीबाट जोगाउन ' इन्‍नोवेशन रिसर्च' तथा प्रविधि प्रयोग गर्नुपर्ने र त्यसमा खाद्य प्रविधिकको महत्वपूर्ण भूमिका हुने बताए ।

अन्य वक्ताका रूपमा केन्द्रीय प्रविधि क्याम्पसका स. प्राध्यापक बबिता अधिकारी , खाद्य गुण नियन्त्रण कार्यलय जनकपुरका प्रमुख वरिष्ठ खाद्य अधिकृत बिजय खनालले नेफोस्टा, खाद्य प्राविधिको अवसरहरू साथै नेफोस्टालाई केही सुझावहरू राख्दै दुवैले आ-आफ्ना भनाईहरू राखे ।

खाद्य वैज्ञानिक तथा खाद्य उद्योगी बिच सहकार्य गर्न सकिने बिभिन्न विकल्पहरु पहल्याएर कार्यक्रमको निचोड प्रस्तुत गर्दै कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक बसन्त कुमार राईले समापन गरिएका थिए ।

त्यस पश्चात नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघले पूर्वाञ्चल च्याप्टरको गठन पनि उक्त सभाहलमा गरिएको थियो। सि जी फुड्स, सुनसरी शाखाका प्रमुख लक्ष्मण श्रेष्ठको अध्यक्षतामा गठित समितिमा सचिव कविन्द्र भट्टराई, कोषाध्यक्ष संगेन रुमा राई र सदस्यहरूमा अनन्त पौडेल, तेज कार्की, दिनेश सुवेदी र सौरभ कोइराला चयन भएका थिए । नेफोस्टा पूर्वाञ्चल च्यापटरका नवनिर्वाचित अध्यक्ष लक्ष्मण श्रेष्ठले आफ्नो कार्यकालमा गर्ने कार्ययोजनाहरू राख्दै उक्त कार्यक्रम समापन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्