मोरङका ३४ जना दलित बालिकालाई छात्रवृत्ति

<span class='c1'>मोरङका ३४ जना</span> <span class='c2'>दलित बालिकालाई छात्रवृत्ति</span>

विराटनगर । मोरङका ३४ जना गरिब दलित छात्राहरुलाई मानवअधिकार तथा शान्ति समाज नेपालले पढाइमा प्रोत्साहन दिइरहेको छ ।

विपन्न दलित छात्राहरुको माध्यमिक शिक्षामा पहुँच बढाउन गतबर्षदेखी पाँच बर्षे छात्रवृत्ति अभियान सञ्चालन गरि शान्ति समाज नेपालले मोरङको कटहरी र धनपालथान गाउँपालिकाका ३४ जना गरिब दलित छात्राहरुलाई बर्षेनी छात्रवृत्ति प्रदान गरि पढाईमा प्रोत्साहन गर्न थालेको हो ।

‘छोरी पढाऔ गरिमा बढाऔँ’ भन्ने आह्वानसहित ६ कक्षामा पढने दलित छात्राहरुलाई गतबर्षदेखी छात्रवृत्ति प्रदान गर्न थालिएको र कक्षा १० सम्मपुगुन्जेल निरन्तर जनही १२ हजारका दरले छात्रवृत्ति प्रदान गरि रहने मानवअधिकार तथा शान्ति समाजका निवर्तमान सभापति गोबिन्द खनालले बताए । पुर्व सभापति खनालका अनुसार समाजले यो बर्षका लागि २५ माघमा मोरङको कटहरी गाउँपालिका स्थित थलाहाको जनता माविमा औपचारिक कार्यक्रम आयोजना जम्मा ३४ जनादलित छात्राहरुलाई जनही १२ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरेको छ ।

छात्रवृत्ति पाउनेहरुमा कक्षा ७ मा अध्यनरत कटहरी थलाहा स्थितजनता माविका २७ जना धनपालथान गाउँपालिकाको दादरबेरिया स्थित सरस्वती माविका ७जना विपन्नदलित छात्राहरु रहेका छन् । शान्ति समाज नेपालले पहिलो वर्ष २०७८ मा ६ कक्षामा अध्ययनरत ३७ जना बालिकालाई छात्रवृत्ति प्रदान गरेको थियो । तर तीमध्ये तीनजनाले विद्यालय छाडेकोले यो बर्ष ३४ जनाले मात्र छात्रवृत्ति पाएका छन् ।

छात्रवृत्ति वितरण कार्यक्रममा शान्ति समाज नेपालका केन्द्रिय सभापति रामकृष्ण बराल, पुर्व उपसभापति गोबिन्द खनाल , उत्तम पुडासैनी , सचिव लक्ष्मी नारायण मिश्र , मोरङका सभापति प्राडा जीवन ढकालको सहभागिता थिए । कार्यक्रममा जनता माविका प्रअ रामनारायण बिश्वास, सरस्वती माविका शिक्षकहरु हरी कट्टेल, भगवान पुडासैनी, धनथापा लगायतले शान्ति समाजले दलित समुदायका छात्राहरुको शिक्षामा पहुँच बढाउन थालेको पाँच बर्षे छात्रवृत्ति अभियानको प्रशंसा गरेका थिए ।

पाँच वर्षसम्म प्रदान गरिने यो छात्रवृत्ति अभियानका लागि यो बर्ष शान्ति समाजका सदस्य र शुभ चिन्तकहरु राम प्रसाद जोशीले २ जना, अनुजा खनालले २ जना, संवत थापाले २ जना र उर्मिला पराजुलीले २ जनालाई सहयोग प्रदान गरेका थिए ।

यसैगरी रामकृष्ण बराल, गोविन्दखनाल, होमकान्त चौलागाई, उत्तम पुडासैनी, रत्नलक्ष्मीश्रेष्ठ, कृष्णबहादुर रावल, डिकप्रसाद घिमिरे, विकास थापा, नम्रता खरेल, सुदीप रिजाल, किरण ढकाल, भेषराजपोखरेल, डिल्लीबहादुर कार्की, दिलबहादुर कार्की, कोमल प्रसाद शर्मा, यमुना कँडेल, रामबाबु दाहाल, लोचन रिजाल, राजेन्द्र खनाल, भैरव रिजाल, अच्युत बराल, मीनाचौलागाई, राधिकाखनाल, लक्ष्मी बराल, अपूर्वा शर्मा र आर्या पाण्डेले पनियो छात्रवृत्ति अभियानमा सहयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्