साउदीको जेलमा रहेका कार्कीलाई नेपाल ल्याउने प्रधानमन्त्रीको प्रतिवद्धता

<span class='c1'>साउदीको जेलमा रहेका कार्कीलाई</span> <span class='c2'>नेपाल ल्याउने प्रधानमन्त्रीको प्रतिवद्धता</span>

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगत दुई वर्षदेखि साउदी अरबको जेलमा रहेका धनकुटाका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मंगलबार बिहान कार्कीका बुवा गणेशबहादुर कार्कीसहितको टोलीसँग बालुवाटारमा भेट गर्दै प्रधानमन्त्रीले सो प्रतिवद्धता जनाएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले कार्कीलाई जेलमुक्त गरी नेपाल ल्याउने काम तत्कालन पहल गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण समेत गराएका छन् । भेटमा प्रधानमन्त्रीले भने, “वर्तमान सरकार विदेशमा रहेका नेपाली श्रमिक तथा कामदारको हकहित र सुरक्षामा सबैभन्दा बढी संवेदनशील छ। विदेशमा रहेका नेपालीले राष्ट्रिय अर्थतन्त्रको ठूलो हिस्सा धानेका छन्, उनीहरूको हकहित र सुरक्षाको प्रबन्ध गर्नु राज्यको जिम्मेवारी हो। वैदेशिक रोजगारीमा रहेका नेपालीको आत्मस्वाभिमान र उनीहरूले आर्जन गरेको पुँजी, सीप र प्रविधिलाई नेपालको हितअनुकूल परिचालन गर्न सरकार प्रतिवद्ध छ।”

धनकुटा जिल्लाको चौबिसे गाउँपालिका–४ निवासी कार्की २ वर्षअघि ट्राफिक नियम उल्लंघन गरेको कसुरमा साउदी अरबको जेलमा रहेका छन् । लामो समयसम्म उनको रिहाइका लागि पहल नभएपछि उनको अभिभावक प्रधानमन्त्री प्रचण्डसँग आज भेटगरी पहल लिन आग्रह गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्