राष्ट्रपति पद आफ्नो लागि प्राथमिकतामा छैन : अध्यक्ष नेपाल

<span class='c1'>राष्ट्रपति पद आफ्नो लागि प्राथमिकतामा</span> <span class='c2'>छैन : अध्यक्ष नेपाल</span>

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति पद आफ्नो लागि प्राथमिकतामा नरहेको बताउनुभएको छ ।

पार्टीको बागमती प्रदेश प्रशिक्षक प्रशिक्षण कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले राष्ट्रपतिको गरिमा उच्च राख्नुपर्ने भएकाले पात्र छनोटका विषयमा नेपाली कांग्रेसलगायत दलका सहमतिमा अन्तिम निर्णय लिन छलफल गरिरहेको बताउनुभयो ।

शक्तिको बाँडफाँटमा पार्टीको भूमिका हुनुपर्ने भन्दै उहाँले पछिल्लोपटक विकास भएका राजनीतिक भेटघाट र घटनाक्रमका विषयमा सञ्चारमाध्यममा आएका समाचारका पछाडि नलाग्न आग्रह गर्नुभयो ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग करिब दुई वर्षपछि आफ्नो भेटवार्ता भएको जानकारी गराउँदै उहाँले कम्युनिष्ट एकताका साथै राष्ट्रपति निर्वाचनमा सर्वसम्मत पात्र खोज्ने विषयमा सामान्य छलफल भएको प्रष्ट पार्नुभयो ।

अध्यक्ष नेपालले राजनीतिक उपलब्धिको रक्षा र राष्ट्रको समस्या समाधानमा पार्टी केन्द्रित रहेको बताउनुभयो । देशमा वैदेशिक हस्तक्षेप बढ्दै गएकाले कम्युनिष्ट शक्ति एकताबद्ध हुनुपर्ने बताउँदै उहाँले छरिएका कम्युनिष्ट शक्तिहरू सहकार्य तथा मोर्चा गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्