एस्पायर कलेजका बिद्यार्थीद्वारा सप्तकोसी होमस्टेका संचालकहरुलाई प्रशिक्षण

<span class='c1'>एस्पायर कलेजका बिद्यार्थीद्वारा सप्तकोसी</span> <span class='c2'>होमस्टेका संचालकहरुलाई प्रशिक्षण</span>

विराटनगर । कोशी टप्पु वन्यजन्तु आरक्ष छेउमा रहेको सप्तकोसी होमस्टेका संचालकहरुलाई विराटनगर–१४ स्थित एस्पायर कलेजमा बि.पि.एच. (ब्याचरल ईन प्रोफेसनल हस्पिटालिटी) प्रथम सेमेष्टर अध्ययनरत विद्यार्थीहरूले प्रशिक्षण दिएका छन् । पाहुनालाई गर्ने स्वागत र उनीहरुको रुचीको कसरी सम्मान गर्ने भन्ने विषयमा विद्यार्थीहरुले सञ्चालकलाई प्रशिक्षण दिएका हुन् ।

होमस्टे कस्तो हुनुपर्छ ? होम स्टेमा पाहुनालाई कसरी स्वागत गर्ने ? होम स्टे लाई सफा कसरी राख्ने , शान्त तथा मनोरम बाताबरण कसरी बनाउने ? होम स्टेमा आइ सके पछि पाहुना खुसी भएर फेरि फेरि पनि आउने बाताबरण कसरी बनाउने भन्ने बिषयमा बिद्यार्थीहरुले प्रशिक्षण दिइएको थियो ।

यस क्षेत्रमा १२ वटा होमस्टे सञ्चालनमा रहेको छ । यो पर्यटकीय क्षेत्र सुनसरीको प्रकासपुरमा अवस्थित छ ।
यसरी प्रशिक्षण दिने बिद्यार्थीहरुमा होटल म्यानेजमेन्टमा अध्यनरत सुलभ निरौला , लिजा खतिवडा , समीर लावती र लिया खवास रहेका थिए ।
कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर शुभम भट्टराईका अनुसार बिद्यार्थीहरु लाई समय समयमा यस्ता कार्यक्रमहरुमा सहभागी गराउने गरेको र पढाइ सगै सिकाइलाई समेत एस्पायरले विशेष ध्यान दिने भएकाले यस्ता कार्यक्रमहरुलाइ कलेजले प्राथमिकतामा राखेको बताउनुभयो ।

एस्पायर कलेजका प्रिन्सिपल सि.एम. बस्नेतको नेतृत्वमा गएको टोलिले होमस्टे संचालकहरुलाई सहजीकरण गरेको र उक्त प्रशिक्षण लाभदायक रहेको स्थानीयले बताएको बस्नेतले जानकारी दिनुभयो ।
कार्यक्रममा काठमाण्डौं विश्वविद्यालय स्कुल अफ मेनेजमेन्टमा एम.बी.ए. अध्ययनरत विद्यार्थीहरू निसान्त तिमल्सिना, आदित्य आचार्य, जेसिका राजलावत, अस्मिता सुवेदी र संगिता भुर्तेलले होमस्टे कसरी व्यस्थापन गर्ने, लेखा कसरी राख्ने तथा बजारीकरण कसरी गर्ने भन्ने बारेमा प्रशिक्षण गराए । उक्त कार्यक्रमबाट २५ जना भन्दा बढी व्यावसायीहरू लाभान्वित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्