विराटनगर । प्रदेश १ को नामाकरणको प्रस्ताव प्रदेशसभामा लग्ने तयारी गरे सगै सुरक्षा व्यवस्था कडाइ गरिएको छ ।
भूगोल र पहिचानले पेचिलो बनेको प्रदेश नामाकरण आज (बुधबार ) बसेको प्रदेशसभा बैठकको कार्य व्यवस्था समितिको बैठकले प्रदेशसभामा प्रदेश नामकरणको प्रस्ताव लाने कार्यसूची रहेको छ ।
प्रदेशसभा प्रवेश गर्ने दुईवटा मार्गमा प्रहरीले अवरोध गरेका छन्। भने सर्वसाधारणलाई आवतजावतमा रोक लगाईएको छ।
सकेसम्म आजै दलहरुको सर्वसम्मतमा नामाकरण टुंग्याउने तयारी अगाडि बढाएको छ ।