विराटनगर । प्रदेश १ काे नामाकरणका लागि नेकपा एकीकृत समाजवादी र जसपाले पहिचानको पक्षमा प्रस्ताव दर्ता गरेका छन् ।
दुई दलका सांसदले "किरात लिम्बुवान सगरमाथा" प्रदेश प्रस्ताव दर्ता गरेका हुन् ।
नेकपा एसका सांसद पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले दर्ता गरेकाे प्रस्तावमा नेकपा एसका सांसद कमलप्रसाद जवेगु र जसपा सांसद निर्मला लिम्बूले समर्थन गरेकी छन् ।
नेकपा एमालेले काेसी प्रदेश नामाकरणका लागि प्रस्ताव दर्ता गराएको छ । नेकपा माओवादी केन्द्रले काेसी प्रदेशमा मतदान गर्ने निर्णय गरिसकेको छ ।