विराटनगर । पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले 'हावा प्रदेश' राखौं भन्दै व्यङ्ग्य गरेका छन् ।
कोशी प्रदेशमा संसोधन हालेका नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राईले नामकरण सम्बन्धि छलफलमा बोल्दै प्रदेशको नाम'हावा प्रदेश' राखौं भनेर व्यङ्ग्य गरेका हुन् ।
कोशी नदी महत्त्वपूर्ण नदी भएकाले प्रदेशको नाम कोशी राख्नु पर्ने तर्कलाई व्यङ्ग्य गर्दै कोशी भन्दा हावा बढी महत्वपुर्ण रहेको बताए ।
राईले कोशीको सट्टा 'किराँत लिम्बुवान कोशी प्रदेश' राख्न संसोधन प्रस्ताव राखेका थिए ।
राईको प्रस्ताव प्रदेशसभाको बहुमतले अस्विकृत गरेको छ ।
फोटो:फाइल