कोशी बहिरा संघद्वारा सञ्चालित परियोजनालाई निरन्तरता दिन स्थानीय तह सकारात्मक

<span class='c1'>कोशी बहिरा संघद्वारा सञ्चालित परियोजनालाई</span> <span class='c2'>निरन्तरता दिन स्थानीय तह सकारात्मक</span>

विराटनगर । कोशी बहिरा संघले संचालन गर्दै आएको ‘हेल्दी लाईफ फर दी पिपुल विथ डेफ लाईन’ परियोजना समापन हुने भएको छ । सुस्त श्रवण र दृष्टिविहीनलाई लक्षित गरेर सञ्चालित परियोजनाको समयावधी सकिन लागेको हो ।

परियोजना समापन हुने भएपछि त्यसलाई निरन्तरता दिने बिषयमा सरोकारवालाबीच अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको छ । मोरङका विभिन्न पालिका प्रमुखलाई सहभागि गराएर विराटनगरको आदर्श विद्यालयमा कार्यक्रम गरिएको हो । राष्ट्रिय बहिरा महासंघको सहकार्य तथा सेन्स ईण्डियाको सहयोगमा कोशी बहिरा संघले परियोजना संचालन गर्दै आएको छ ।

सन् २०१९ बाट शुरु भएको यो परियोजना यहि मार्च महिनादेखी समापन हुँदैछ । परियोजनाले श्रवण दृष्टिविहीनको पहिचान गर्ने, थेरापी सेवा, विद्यालय भर्ना तथा घर केन्द्रीत सिकाईका साथै दैनिक जीवन उकास कार्यक्रम संचालन गर्दै आएको छ । परियोजना समापन हुने भएपछि परियोजनासंग जोडिएका सेवाकार्यलाई स्थानिय पालिकालाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्धेश्यसहित अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको कोशी बहिरा संघ विराटनगरका कोषाध्यक्ष जीवन दाहालले बताउनुभयो ।

अन्तरक्रियामा विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्की,रंगेलीका प्रमुख दिलीप बगडिया र सुन्दर हरैचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाई सहभागी थिए । सो अवसरमा बोल्नुहुँदै तीनवटै पालिकाका प्रमुख तथा उपप्रमुखले परियोजना अन्र्तगत संचलन हुँदै आएका कार्यक्रमहरुलाई निरन्तरता दिन आवश्यक सहयोग गर्ने बताएका थिए । त्यसकालागि आवश्यक बजेट बिनियोजन गरिने पालिका प्रमुखहरुको भनाई थियो । रंगेलीका प्रमुख बगडियाले श्रवण दृष्टिविहीन बालबालिकासंग जोडिएको परियोजना अन्र्तगतका कार्यहरुलाई निरन्तरता दिन सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

परियोजना अवधिमा ३२ जना श्रवण दृष्टिविहीनको पहिचान गरिएको छ भने परियोजना अन्र्तगत नै आदर्श विद्यालय परिसरमा दिवा सेवा केन्द्र संचालन गरिएको छ । विद्यालय परिसरमा २ वटा कोठामा श्रवण दृष्टिविहीन बालबालिकाकालागि दिवा सेवा केन्द्र संचालन गरिएको छ । कार्यक्रममा आदर्श विद्यालयका सन्तोष पोखरेल सहित बहिरा संघका पदाधिकारी र संचारकर्मीहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्