विराटचाेकको सुकुना चलचित्र मन्दिर पुन: सञ्चालनमा

<span class='c1'>विराटचाेकको सुकुना चलचित्र</span> <span class='c2'>मन्दिर पुन: सञ्चालनमा</span>

मणिराम दाहाल
सुन्दरहरैँचा । लामो समय देखी बन्द अवस्थामा रहेको विराटचाेकको सुकुना चलचित्र मन्दिर पुन:सञ्चालनमा आएकाे छ ।

बिराट सिने नामबाट उक्त हल सञ्चालनमा आएकाे हाे । विराट सिने हलमा पहिलो नेपाली फिल्म छक्का पञ्जा ४ शुक्रबारदेखि प्रर्दशन भएको उत्त हलका सञ्चालक तथा फिल्म क्षेत्रका निर्माता चिरञ्जीवी वस्नेतले जानकारी दिए । उनले सिनेमा हल व्यवसायका लागि मात्र नभएर कलाकारकाे सम्मान तथा कला सँस्कृतिकाे जगेर्ना गर्ने भएकोले हल सञ्चालनका लागि स्थानीयकाे साथ सहयाेग हुन जरूरी रहेको उल्लेख गरे।

तीन जना लगानी कर्ताकाे ४ कराेड भन्दा माथिकाे रकममा सुविधा सम्पन्न हल सञ्चालनमा आएकाे निर्माता वस्नेतले बताए । विराट सिने हलमा १ सय ३० सिट क्षमता रहेको छ ।


विराटचाेककाे सिनेमा हललाइ विगत २ दशक अघि स्थानीय गणेश खड्का,इश्वरी विष्ट ,केसव विष्ट लगायतले सञ्चालन गरेका थिए ।

'अहिले एउटा पर्दा सञ्चालनमा आए काे छ'सञ्चालन वस्नेतले भने 'अब केहि समय पछि दाेस्रो पर्दा २ सय ६० क्षमताकाे हुनेछ'।

सुन्दरहरैँचा नगरपालिका क्षेत्रमा एउटा सिनेमा हलकाे खाँचो भएकोले त्याे अभावलाइ विराट सिनेले पूरा गरेर दर्शकलाइ मनाेरञ्जन प्रदान गर्न सफल हुने विश्वास लिएकाे वडा ९ का वडा अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्