जताततै भीडले जमाएको अड्डा
त्यही ढिक्का परेर निसासिएको भीडबाट
चुपचाप टाढिदै
खोज्दै थिए धकेलिन शुन्यतातिर
हराएर आफै भित्र
कान खाने आवाजलाई छिचोल्दै
हराएको या भनौं बीचैमा छोडिएको
कुनै समय बेहिसाब प्रेम गरेको
प्रेमीलाई भेटिएला भन्ने अपेक्षासहित
शुन्यता खोजि रहेकि थिए,
हो त्यही मुर्खलाई झैँ
म शुन्यतालाई बेहिसाब प्रेम गर्छु ।
खै ?
किन हो किन
कोलाहलले मेरो सुख, शान्ति
सबै लुटिएको झैँ आभास हुन्छ,
भीडले उक्साएको हौसला
स्वार्थले भरिएको झैँ लाग्छ
अस्तित्व लुटिएको झैं लाग्छ