विराटनगर । मोरङको कटहरी गाउँपालिका स्थित नव आदर्श बचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक उमेशकुमार मण्डलले कलेक्टरले बचतकर्तासँग संकलन गरेको रकम हिनामिना गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी परेको छ ।
प्रहरीले मण्डललाई यस अगाडी नै पक्राउ गरेपनि सार्वजानिक गरेको थिएन । तर, उजुरी प्राप्त भएपछि उनी विरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान गरिने भएको छ ।
प्रहरीका अनुसार बचतकर्ताबाट कलेक्टरले संकलन गरेको रकम सफ्टवेयरमा इन्ट्री नगरी बाहिर–बाहिरै हिनामिना गरेको र सञ्चालकलाई जानकारी नदिईकन ऋण प्रवाह गरेको भन्दै सञ्चालकले नै उनी विरुद्ध जाहेरी दिएका हुन् ।
सोमबार प्रहरीले विराटनगरको तुलसी बहुमुखी बहुउद्देश्यीय सहकारीका प्रवन्धक तथा सञ्चालकलाई सार्वजानिक गरेको छ । मण्डल विरुद्ध जाहेरी परेपनि मुद्दा दर्ता र म्याद थप कार्य नसकिएकोले सार्वजानिक गरिएको छैन ।