राष्ट्रपतिको प्रमुख स्वकीय सचिवमा डा चालिसे

<span class='c1'>राष्ट्रपतिको प्रमुख स्वकीय</span> <span class='c2'>सचिवमा डा चालिसे</span>

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलकोे प्रमुख स्वकीय सचिवमा पूर्वराजदूत डा सुरेशचन्द्र चालिसे नियुक्त हुनुभएको छ ।

राष्ट्रपतिको प्रमुख स्वकीय सचिवमा डा चालिसेलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । डा चालिसे पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको परराष्ट्र सल्लाहकार हुनुभएको थियो । उहाँ नेपालका लागि अमेरिका र बेलायतका पूर्वराजदूतसमेत हुनुहुन्छ ।

त्यसैगरी राष्ट्रपति पौडेलको निजी सचिवमा चिरञ्जीवी अधिकारी नियुक्त हुनुभएको छ । उहाँ लामो समयदेखि पौडेलको स्वकीय सचिवका रूपमा कार्यरत हुनुहुन्छ । तनहु क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित पौडेल यही फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो ।

उहाँले सोमबार राष्ट्रपति पदको शपथ लिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्