त्रिभुवन आर्मी क्लब इटहरी गाेल्डकपकाे सेमिफाइनलमा प्रवेश

<span class='c1'>त्रिभुवन आर्मी क्लब इटहरी</span> <span class='c2'>गाेल्डकपकाे सेमिफाइनलमा प्रवेश</span>

मणिराम दाहाल
सुन्दरहरैँचा । राष्ट्रिय जागृति क्लबकाे आयाेजनामा जारी १३औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपमा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा आर्मीले झापाको रोलिंग क्लबमाथी ४-१ को पराकिलो जीत कायम गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भएको हो । त्रिभुवन आर्मीको जीतमा दिपक गुरूङ जिलेस्पीजंग कार्की, सुदिल राई र पदम माेक्ताङले गाेल गरेका थिए । पराजित रोलिंग क्लबका लागि बिदेशी खेलाडी डेडी वाम्बाले पेनाल्टी मार्फत खेलकाे ६४ अाै मिनेटमा एक गोल फर्काए ।

खेलको सुरूवात चरणबाटै झापालाइ दवाफमा राखेको आर्मीले तेश्रो मिनेटमा अग्रता बढायाे । पहिलो हाफमा २ गोलको अग्रता बनाएको आर्मीले दोश्रो हाफमा थप २ गोल गर्न सफल भयाे । आर्मी ४—१ गोल अन्तरको स्पष्ट जित सहित सेमीफाइनल प्रवेश गर्न सफल भएको हो ।

खेलको म्यान अफ द म्याच आर्मीका कप्तान जिलेस्पीजंग कार्की घोषित भए । उनले नगद रू १० हजार पाए ।

आजको अन्तिम क्वाटरफाइनल खेलसंगै इटहरी गोल्डकपको क्वाटरफाइनल समिकरण यात्रा पुरा भएको छ। भोलि बुधबारको पहिलो सेमिफाइनल खेल साबिक बिजेता सगरमाथा युथ क्लब सुन्दरहरैँचा तथा ए डिभिजन क्लब मछिन्द्र बिच हुने आयाेजक क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनले जानकारी दिए।

मछिन्द्रले कञ्चनजंगा फुटबल क्लब भारतलाई पराजीत गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । सगरमाथाले एभिनियर फुटबल क्लब क्यामरूनलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

शनिबार ११ गते हुने फाइनल खेल बिजेताले नगद रू १० लाख तथा उपबिजेताले ५ लाखका साथै ट्रफि र मेडल पाउने आयाेजक क्लबका अध्यक्ष डुम्जनले उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्