मोरङ जिल्लाका दश क्याम्पसको मतपरिणाम सार्वजनिक कहाँ को भए विजयी ?

<span class='c1'>मोरङ जिल्लाका दश क्याम्पसको मतपरिणाम सार्वजनिक</span> <span class='c2'>कहाँ को भए विजयी ?</span>

विराटनगर। आइतबार सम्पन्न भएको स्ववियु निर्वाचनमा मोरङ जिल्लामा त्रिभुवन विश्वविद्यालय अन्तर्गत १२ वटा क्याम्पस रहेकोमा १० वटा क्याम्पसको मत परिणाम आएको छ ।

स्ववियुको निर्वाचन भएको मोरङमा १० वटै क्याम्पसको मतपरिणाम आएको छ। जसमध्ये ४ वटामा नेकपा एमाले निकट अनेरास्ववियु, ४ वटामा नेपाली काँग्रेस निकट नेविसंघ, एउटामा नेकपा माओवादी केन्द्र निटक अखिल (क्रान्तिकारी) र एउटामा एकीकृत समाजवादी निकट अनेरास्ववियू विजयी भएका छन् ।

विद्यार्थी संगठनको विवादको कारणले रंगेली र सौठा बहुमुखी क्याम्पसमा स्ववियुको निर्वाचन रोकिएको छ ।

महेन्द्र मोरङ क्याम्पसमा नेविसंघका जशवन्त पौडेल

विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका जशवन्त पौडेल विजयी भएका छन् । पौडेलले एक हजार ६८९ मत ल्याएर विजयी भएका हुन् । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका रोहित यादवले सात सय ८४ मत प्राप्त गर्दा एमाले निकट अनेरास्ववियुका नवीन पहाडीले पाँच ९२ मत प्राप्त गरेका छन्।

त्यसैगरी सचिवमा एमाले निकट अनेरास्ववियुका सनिम ठकुरी नौँ सय ३७ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेविसंघकी पुजा विश्वासले सात ८६ मत प्राप्त गरेकी छिन् ।

स्ववियुको कोषाध्यक्षमा नेविसंघका स्वस्तिक बोहोराले एक हजार १४३ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्दी अनेरास्ववियुका आरोग्य थापाले नौँ सय २ र समाजवादी विद्यार्थी युनियनका राकेश यादवले सात ३५ मत प्राप्त गरेका छन् ।

सदस्यहरुमा नेविसंघका अमित मुखिया, दिपकुमार यादव, प्रज्वल विष्ट, मो.साहिल अन्सारी, सुरक्षा थापा मगर तथा अनेरास्ववियु एमालेका मन्दिप पोखरेल र केबल काफ्ले विजयी भएका छन् ।

क्याम्पसमा पाँच हजार ८२५ मतदाता मध्ये तीन हजार १६६ मत खसेको थियो ।

अन्य क्याम्पसमा को विजयी ?
नेकपा एमाले निकट अनेरास्ववियुले डिग्री क्याम्पस विराटनगर, लेटाङ क्याम्पस, रमाइलो क्याम्पस र नर्सिङ क्याम्पसमा विजयी भएको छ । विराटनगरको डिग्री क्याम्पसमा पनि अनेरास्ववियुका निर्मल गजुरेल सभापतिमा विजयी भएका छन् । भने विराटनगर नर्सिङ क्याम्पसमा भने अनेरास्ववियुकी प्रशंसा पौडेल विजयी भएकी छन् ।

त्यसैगरी लेटाङ क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका छवि श्रेष्ठ निर्वाचित भएका छन् । उनले १५३ मत पाएर सभापतिमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेविसंघका लेखनाथ दाहालले ११७ मत प्राप्त गरे। सचिवमा अनेरस्ववियुका पुजेस अधिकारी, कोषाध्यक्षमा सागर पौडल निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा इन्दिरा तिम्सिना, निशा भुजेल र सुमित्रा भुजेल विजयी भएका छन् ।

रमाइलो बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका मालती रेग्मी विजयी भएकी छन् । नेबिसंघले मोरङको उर्लाबारी बहुमुखी क्याम्पस, पथरी बहुमुखी क्याम्पस र बेलबारी बहुमुखी क्याम्पसमा पनि जित निकालेको छ । उर्लाबारी बहुमखी क्याम्पसमा नेविसंघको प्यानल नै विजयी भएको छ । क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका विवेक कार्कीले ६५१ मत पाएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमाले निकट अनेरास्ववियुकी प्रीति दाहाल पराजित भएकी हुन् । उनले ३२५ मत मात्र पाइन् । यस्तै सचिवमा नेविसंघका देवेन्द्र पौडेल विजयी भएका छन् ।

यस्तै पथरी बहुमुखी क्याम्पसमा नेविसंघका केशर खुलुङ्ग निर्वािचित भएका छन् । उनले एमाले निटक अनेरास्ववियुका उज्जल लकान्द्रीलाई पराजित गरेका हुन् । सचिबमा नेविसंघकै भुपाल खतिवडा निर्वाचित भएका छन् । उनले अनेरास्ववियुका रोशन कटुवाललाई पराजित गरे । यस्तै बेलबारी बहुमुखी क्याम्पसका

नेविसंघका पुष्कल (सियोम) सुवेदी निर्वाचित भएका छन् भने सचिबमा अनेरास्ववियका विप्लव पोखरेल निर्वाचित भएका छन् ।

मोरङको केराबारीमा रहेको खदम क्याम्पसमा भने माओवादी निकट अखिल क्रान्तिकारी नेतृत्वको प्यानल नै निर्विरोध भएको छ । उक्त क्याम्पसको स्ववियु सभापतिमा क्रान्तिकारीका सिमान्त लुइँटेल निर्विरोध भएका हुन् ।

मोरङको सुकुना बहुमुखी क्याम्पसको स्वविय सभापतिमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका सन्तोष लिम्बू निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्