उद्योगी राउत नेपाल उद्योग वाणिज्य महासंघ कोशी अध्यक्षमा निर्विरोध निर्वाचित

उद्योगी राउत नेपाल उद्योग वाणिज्य महासंघ कोशी अध्यक्षमा निर्विरोध निर्वाचित

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा विराटनगरका उद्योगी राजेन्द्र राउत निर्वाचित भएका छन् । उनी सर्वसम्मत रुपमा निर्विरोध निर्वाचित भएका हुन ।

मुख्य निर्वाचन अधिकृत पुनम कुमार गुप्ताका अनुसार महासंघको उपाध्यक्षमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघबाट भीम पौडेल र एशोसिएट्सबाट कुमारमणी पोखरेल चयन भएका छन् ।
कोषाध्यक्षमा विराटनगरका सुवास आचार्य चयन भएका छन् । कार्यसमिति सदस्यहरुमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघका तर्फबाट ध्रुवलाल श्रेष्ठ, वीरेन्द्रकुमार शाह, प्रितम खड्गी, प्रकाश सिवाकोटी, ऋषिराज तिम्सिना चयन भएका छन् भने वस्तुगत बाट राजन श्रेष्ठ र दिपक पाण्डे सदस्यमा निर्विरोध निर्जाचित भएका छन ।

एशोसिएट्सबाट रविनकुमार दाहाल, भविस कुमार श्रेष्ठ र श्रवण कुमार अग्रवाल निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत गुप्ताले जानकारी दिए । राउत दुई पटक प्रदेश उद्योग वाणिज्य संघको उपाध्यक्ष भईसकेका छन् । उनी हाल केन्द्रीय सदस्य समेत हुन् ।
उदयपुर उद्योग वाणिज्य संघको अध्यक्षमा पनि सर्वसम्मत रुपमा चयन भएपछि उनका लागि प्रदेश अध्यक्ष बन्ने बाटो खुलेको थियो । महासंघको अधिवेशन झापाको बिर्तामोडमा सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्