विराटनगरको प्रदर्शनमा घाइते भएका एकजना उपचारको क्रममा मृत्यु

<span class='c1'>विराटनगरको प्रदर्शनमा घाइते भएका</span> <span class='c2'>एकजना उपचारको क्रममा मृत्यु</span>

विराटनगर । प्रदेश १ पुनः नामाकरण संयुक्त संघर्ष समितिले आयोजना गरेको जनप्रदर्शनको क्रममा घाइते भएको एकजनाको उपचारको क्रममा मृत्यु भएको छ ।

प्रहरी र प्रदर्शनकारीबीच भएको झडपको क्रममा लाठीचार्जबाट टाउको गम्भीर चोट लागेर घाइते भएका लाजेहाङ सुक्वाबा लिम्बूको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा उपचारको क्रममा शुक्रबार निधन भएको हो ।

उपचाररत लाजेहाङको शुक्रबार बिहान २:३० बजे बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा निधन भएको जसपा, नेपाल केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिको उपाध्यक्ष जेन्टल लावतीले जानकारी दिए ।

चैत ५ गते बिराटनगरमा भएको काेशी प्रदेशको नाम खारेज गरी पहिचानसहितको पुनः नामाकरणको मागसहित ‘प्रदेश १ पुनःनामांकन संयुक्त संघर्ष समिति’ ले जनप्रदर्शन गरेको थियो ।

सोही क्रममा प्रहरी र आन्दोलनकारी बीच झडप भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्