बुढीगंगा महोत्सवको समापन आज

<span class='c1'>बुढीगंगा महोत्सवको</span> <span class='c2'>समापन आज</span>

विराटनगर । मितेरी युवा क्लबको आयोजनामा फागुन २६ गतेबाट सुरु भएको ‘बुढीगंगा औद्योगीक,कृषि तथा सहकारी महोत्सव २०७९’को समापन आज हुँदैछ ।

१६ दिने महोत्सव सम्पन्न हुन लागेको हो । माेरङकाे बुढीगंगा गाउँपालिका-३ एसियन पेट्रोल पम्पको उत्तर पटी आयोजना गरिएको महोत्सव भव्य रुपमा सफल हुन लागेको जनाइएको छ ।

महोत्सवको समापन शनिबार बेलुकी ५ बजे बुढीगंगा गाउँपालिका अध्यक्ष जीत नारायण थापा मगरले गर्ने जनाइएको छ।

समापन समारोह सम्पन्न भएपछि साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु राखिएको छ । शनिबार साँझ चर्चित गायक प्रमोद खरेल र अनु चौधरीको प्रस्तुति रहेको साँस्कृतिक कार्यक्रम संयोजक रमेश भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्