इटहरीमा पूर्व राजा ज्ञानेन्द्र गंगा आरतीमा सहभागी

<span class='c1'>इटहरीमा पूर्व राजा ज्ञानेन्द्र</span> <span class='c2'>गंगा आरतीमा सहभागी</span>

सुन्दरहरैँचा । इटहरीको बुढीगंगा मुक्तिघाटमा आयोजित शिवगंगा महाआरती कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्रले सहभागिता जनाएका छन्।

शिवगंगा महाआरती कार्यक्रममा सहभागी हुन आएका पूर्व राजा ज्ञानेन्द्रलाई रातो कार्पेटमा स्वागत गरिएको थियो । उनले उपस्थिति जनाइरहदा राजा आऊ देश बचाउको नारा पनि त्यतिकै घन्किएको थियो ।

पूर्व राजा ज्ञानेन्द्रले कार्यक्रममा सहभागी जनाउँदै केही मन्दिरहरूकाे दर्शन तथा पूजाआजा गरेका थिए । पूर्व राजाको उपस्थितिमा स्थानीयहरूको भिड नियन्त्रण बाहिर थियो ।

पछिल्लो समय राजनीतिक दलहरूप्रति वितृष्णा बढिरहेको बेला पूर्व राजा ज्ञानेन्द्रले विभिन्न क्षेत्रमा आयोजना हुने धार्मिक कार्यक्रमहरूमा सक्रिय उपस्थिति जनाउन थालेका छन् । यसै बिच सुनसरीको इटहरीमा पूर्व राजा ज्ञानेन्द्र शाहकाे उपस्थिती हुँदा हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्याराे छ , राजा आऊ देश बचाउको नारा घन्किएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्