विराटनगर । कोशी प्रदेशका प्रदेशसभा सदस्य पाँचकर्ण राई (पीके) लाई कार्यक्रमस्थलमा कालो झण्डा देखाएर विराध जनाएको छ । भने उनलाई कालोमसो दल्ने प्रयास समेत गरिएको थियो ।
सनिबार खोटाङ जिल्ला समन्वय समितिकोको सभा चलिरहेको समय सांसद राईलाई पहिचान पक्षधरका आन्दोलनकारीले कार्यक्रम स्थलमा नै कालो झण्डा देखाएर विरोध जनाएका हुन् ।
जिल्ला सभामा खोटाङ जिल्लाको १० वटै पालिकाको प्रमुख र उपप्रमुख सहभागी रहका थिए । जिल्ला सभामा साकेला गाउँपालिका अध्यक्ष रबिपकाश राईले कार्यक्रमलाई सम्बोधन गनरे लगत्तै किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरातीले कार्यक्रम सञ्चालकसँग आफ्नो धारणा राख्न समय मागेका थिए । सोही क्रममा उनले जिल्लाको कुनै पनि कार्यक्रममा पहिचानविरोधी सांसदहरुलाई नबोलाउन अपिल गरिसकेको र ल्याएमा विरोध हुने बताएका थिए । उनीहरु सांसद राईविरुद्ध नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएपछि कार्यक्रम विथोलिएको थियो ।
प्रदेश सभा सदस्यलाई कालो झण्डा देखाएर विरोध जनाउने र मसो दल्न प्रयास गर्ने ४ लाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई सामान्य सोधपुछ छाडिएको जनाएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
फागुन १७ गते प्रदेश–१ ले कोशी नाम पाएसँगै यतिबेला कोशी प्रदेशमा आन्दोलन चर्किरहेको छ । पहिचान पक्षधरहरुले विभिन्न चरणका आन्दोलन गर्दै आइरहेका छन् भने चैत्र ५ गते विराटनगरमा भएको प्रदर्शनीमा घाइते भएका पदम लिम्बू (लाजेहाङ) को उपचारकोक्रममा मृत्युसमते भएको छ । उनलाई शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले शहिद घोषणा गर्ने निर्णय समेत गरेको छ । यद्यपी उनको लास अझै उठ्न सकेको छैन । यता संघीय लोकत्रान्तिक राष्ट्रिय मञ्चकी केन्द्रिय उपाध्यक्ष विष्णु तुम्बहाम्फेले बैठकले शहिद घोषणा गरेपनि पत्र नआइसकेको र क्षतिपूर्ति कति दिन भनेर नतोकिएकाले तत्काल उनको शव उठाउन निर्णय नभएको बताए ।
यायोक्खाले चैत २० गते प्रेस विज्ञप्तिमार्फत कोशी प्रदेशको नाममा मतदान गर्ने सांसद एवं मन्त्रीलाई जिल्लामा हुने कुनै पनि कार्यक्रममा अतिथिका रूपमा नल्याउन आग्रह गरेको थियो ।