पहिचानको आधारमा प्रदेशको पुन: नामाकरण गर्न माग राख्दै सभामुखलाई अल्टिमेटम पत्र

<span class='c1'>पहिचानको आधारमा प्रदेशको पुन: नामाकरण गर्न</span> <span class='c2'>माग राख्दै सभामुखलाई अल्टिमेटम पत्र</span>

विराटनगर । पहिचानको आधारमा प्रदेशको पुन: नामाकरण गर्न माग राख्दै काेशी प्रदेशका सभामुखलाई अल्टिमेटम पत्र बुझाएका छन्।

कोशी प्रदेश नामाकरण खारेजीकाे माग गर्दै आएका पहिचानबादी आन्दोलनरत पक्षले आज कोशी प्रदेशका सभामुख बाबुराम गौतमलाई अल्टिमेटम पत्र बुझाएका हुन् । उनीहरुले कोशी नाम खारेजी चाडै नगरे पुन: आन्दोलनले अर्को रुप लिने चेतावनी समेत दिएका छन् ।

संघर्ष समितीमा ५ वटा पहिचान पक्षका संस्थाहरुसहित आन्दोलन गरिरहेका छन् ।

कोशी प्रदेशको नामाकरणको बिरोधमा आन्दोलन गर्दै आएका जातिय संस्थाहरु किराँत राई यायोख्खा,किराँत याक्थुङ चुम्लुङ, आदिवासी जनजाती महासंघ, नेपाल शेर्पा संघ, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च लगायतले संयुक्त रुपमा पत्र बुझाएका हुन् ।

पहिचान सहितको पुन: नामाकरण संघर्ष समितीका अध्यक्ष डकेन्द्र सिङ थेगिम्ले बुझाए सो अल्टिमेटम पत्र सभामुख गौतमलाई बुझेका छन् । आन्दोलनरत पक्षले यसपछि मुख्य मन्त्री हिक्मत कार्कीलाई पनि अल्टिमेटम सहितको चेतावनी पत्र बुझाउने कार्यक्रम रहेकाे छ।

फागुन १७ काेशी प्रदेश खारेजीकाे माग गर्दै आन्दोलनका कारण पछिल्लो समय काेशी प्रदेश अशान्त बन्दै आएकाे छ।तत्काल १ नम्बर प्रदेश सभाले गएकाे फागुन १७ मा प्रदेशकाे नाम काेशी आएसँगै यतिबेला काेशी प्रदेशमा अशान्ति छाएको छ ।

नामाकरण खारेजीकाे माग राख्दै चैत ५ गते भएको आन्दोलनका क्रममा पदम लिम्बूकाे मृत्यु समेत भएको छ । उनलाई गएकाे शुक्रबार संघ सरकारले सहिद घाेषणा गरेकाे थियाे। तर उनको शब भने अझै उठ्न सकेको छैन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्