कोशी प्रदेश प्रदेशसभाको चालु हिउँदे अधिवेशन अन्त्य

<span class='c1'>कोशी प्रदेश प्रदेशसभाको चालु</span> <span class='c2'>हिउँदे अधिवेशन अन्त्य</span>

विराटनगर । कोशी प्रदेशको प्रदेश सभाको चालु हिउँदे अधिवेशन अन्त्य भएको छ ।

प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसपछि प्रदेश प्रमुखले अधिवेशन अन्त्य गरेका हुन् ।

प्रदेश प्रमुख परशुराम खापुङले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी चालु अधिवेशन अन्त्य भएको सूचना जारी गरेका छन् ।

‘संविधानको धारा १८३ को उपधारा (२) बमोजिम कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को मिति २०७९-१२-२९ गतेको सिफारिसमा संवत २०७९ साल चैत २९ गते बुधबार रातको १२ बजेदेखि प्रदेशसभाको चालु प्रथम अधिवेशन अन्त्य गर्नुभएको छ,’ प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव माधव घिमिरेले जारी गरेको सूचनामा उल्लेख छ ।

गत फागुन १७ गते बसेको प्रदेशसभाको बैठकले प्रदेशको नाम कोशी नामाकरण गरेको थियो भने दुई अध्यादेशलाई कानूनको रुप दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्