तनहुँ–१ : रास्वपा उम्मेदवार वाग्ले २६ हजार आठ सय २७ सहित अग्रस्थानमा

<span class='c1'>तनहुँ–१ : रास्वपा उम्मेदवार वाग्ले २६</span> <span class='c2'>हजार आठ सय २७ सहित अग्रस्थानमा</span>

दमौली । तनहुँ–१ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णिम वाग्ले २६ हजार आठ सय २७ मतसहित अग्रस्थानमा कायमै हुनुहुन्छ ।

आज राति १०ः३२ बजे सार्वजनिक मतपरिणामअनुसार उहाँले २६ हजार आठ सय २७ मत प्राप्त गर्नुभएको हो ।

यो निर्वाचन क्षेत्रको ४२ वडामध्ये ३५ वडाको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिनुभयो । यसअवधिमा ५१ हजार दुई सय १९ मतगणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १५ हजार चार सय ५४ र नेकपा (एमाले) का सर्वेन्द्र खनालले सात हजार दुई सय ८९ मत प्राप्त गर्नुभएको छ ।

तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो । जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना कार्य जारी छ । भोलिसम्म मतगणना सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्