एक दिवसीय बहिरा क्रिकेट खेल्न नेपाली टोली भारत प्रस्थान

<span class='c1'>एक दिवसीय बहिरा क्रिकेट खेल्न</span> <span class='c2'>नेपाली टोली भारत प्रस्थान</span>

विराटनगर । एक दिवसीय बहिरा क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपालको राष्ट्रिय बहिरा क्रिकेट टोली भारतको बङ्गाल प्रस्थान गरेको छ ।

बैशाख १५ गतेदेखि २३ गतेसम्म भारतको बङ्गालमा आयोजना हुने एक दिवसीय बहिरा क्रिकेटमा सहभागी हुन १५ खेलाडी सहित ५ सदस्यीय व्यवस्थापन नेपाली टोली बुधबार भारतको बङ्गाल प्रस्थान गरेको हो।

महेन्द्र लिम्बू फ़ुदोङ्गको कप्तानीमा रहेको टोलीमा बैधानाथ चौधरी,संगम पाख्रिन,अमृत पाख्रिन,अर्पण विक,ईश्वर सिंह ,अजय कर्ण,एनिश श्रेष्ठ,रोहन खड्का,मोहम्मद साविर,निराजन अधिकारीलगायतका खेलाडी टोलीमा रहेका छन्।

नेपाल राष्ट्रिय बहिरा क्रिकेट टोलीको प्रशिक्षक रन्जन निरौला रहेका छन्। उक्त प्रतियोगितामा नेपाल,भारत र बंगलादेशका खेलाडी सहभागी हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्