एसइईमा संलग्न नक्कली प्रशिक्षार्थीमध्ये नाबालक बाहेक ४० हजार धरौटी, सञ्चालकलाई दुईलाख

<span class='c1'>एसइईमा संलग्न नक्कली प्रशिक्षार्थीमध्ये नाबालक बाहेक</span> <span class='c2'>४० हजार धरौटी, सञ्चालकलाई दुईलाख</span>

विराटनगर । एसईई परीक्षामा नक्कली परीक्षार्थीको रुपमा पक्राउ परेकामध्ये नाबालक बाहेक बाँकीलाई जहनी ४० हजार र सञ्चालकलाई दुईलाख धरौटी आदेश भएको छ । गत २०७९ चैत १७ गते बाट संचालन भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षामा मोरङका तीन वटा केन्द्रबाट एकै दिन १९५ जना नक्कली परीक्षार्थी पक्राउ परेका थिए ।

एसइई परीक्षाको पाँचौ दिन सामाजिक विषयका दिन प्रहरीले विवरण क्रसचेक गर्दै उनीहरुलाई पक्राउ गरेको थियो । मोरङ ग्रामथानको झोराहाटस्थित सरस्वती नमुमा मा.वि परीक्षा केन्द्रबाट ५४ जना, सार्वजनीक मा.वि. केराबारीबाट १२६ जना र जनता मा.वि सुन्दरहरैचाबाट १५ लाई प्रहरीले पक्राउ गरेको थियो।

नक्कली प्रशिक्षार्थीहरूलाई शिक्षा ऐन २०२८ अन्तर्गत मोरङ जिल्ला अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धान गरेको थियो । प्रहरी अनुसन्धान कारवाही पछि जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दायर गरेको थियो । नाबालक बोहक बाँकी नक्कली प्रशिक्षार्थीहरू सबै जना हाल धरौटीमा छुटेका छन् ।

नक्कली प्रशिक्षार्थी पक्राउ परेका विद्यालयको नाम, पक्राउ संख्या अदालतमा पेश गरेको मिति समेत मोरङ प्रहरीले सार्वजनिक गरेको छ । जस अनुसार, सरस्वती मा.वि.झोराहाट ५४ जना नक्कली प्रशिक्षार्थीहरू २०८०।०१।११ गते जिल्ला अदालतमा पेश गरेकोमा नावालक बाहेक प्रति ब्यक्ति ४० हजार रुपैयाँ धरौटीमा छुटेका छन् । भने नक्कली प्रशिक्षार्थी संचालक सन्तोष राई २ लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।
त्यसैगरी जनता मा.वि. पचामका १५ जना २०८०।०१।१२ गते जिल्ला अदालतमा पेश गरेकोमा प्रति ब्यक्ति ४० हजार रुपैयाँ धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सार्वजनिक मा.वि. केराबारीका १२६ जना २०८०।०१।१४ गते जिल्ला अदालतमा पेश गरेकोमा नाबालक बाहेक प्रति ब्यक्ति ४० हजार रुपैयाँ धरौटीमा छुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्