प्रधानमन्त्री ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बधाई दिए

<span class='c1'>प्रधानमन्त्री ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीका</span> <span class='c2'>सभापति रवि लामिछानेलाई बधाई दिए</span>

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बधाई दिएका छन् । हालै सम्पन्न उपनिर्वाचनबाट लामिछाने पुनः सांसद बनेकामा प्रधानमन्त्रीले बधाई दिएका हुन् । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेर प्रधानमन्त्रीले उनलाई बधाई दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यसक्रममा अरू विषयमा छलफल नभएको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले बताए ।

लामिछाने पुनः सांसद बनेपछि पहिलोपटक बालुवाटार पुगेका हुन् । उनी यही वैशाख १० गते भएको उपनिर्वाचनबाट भारी मतान्तरसहित निर्वाचित भएका हुन् । गएको मंसिर ४ गते भएको निर्वाचनमा चितवन क्षेत्र नम्बर–२ बाट भारी मतान्तरले नै निर्वाचित उनले नागरिकता प्रकरणमा सांसद पद गुमाएका थिए । पुनः सोही ठाउँबाट प्रतिस्पर्धा गरेर सांसद बनेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्