यस वर्षको पहिलो चन्द्र ग्रहण आज लाग्दै

<span class='c1'>यस वर्षको पहिलो चन्द्र</span> <span class='c2'>ग्रहण आज लाग्दै</span>

काठमाडौँ । यस वर्षको पहिलो चन्द्रग्रहण शुक्रबार (आज) लाग्दै छ ।

यो ग्रहण विशेष प्रकारको भएको खगोलशास्त्रीले बताएका छन्। यस ग्रहणलाई ‘पेनम्ब्रल’ नाम दिइएको छ। यसमा चन्द्रमामा पृथ्वीको पूरै छाया नभई उपछाया मात्र पर्छ। त्यसैले आज चन्द्रग्रहण लाग्दा चन्द्रमाको आकारमा परिवर्तन आएको नदेखिने खगोलविद्ले जनाएका छन् ।

आज लाग्ने चन्द्रग्रहण नेपालबाट नदेखिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समितिका अनुसार चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने भएकाले बार्न पर्दैन । नेपाली आकाशमा चन्द्रोदय हुनुअघि नै मोक्ष हुने भएकाले सघन छायाँ अर्थात् पृथ्वीको छायाँको कालो भाग देख्न नसकिने, पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वी सूर्य र चन्द्रमाको बीचमा आउँछ र चन्द्रमामा पृथ्वीको छाया पर्छ । यसैलाई नै चन्द्र ग्रहण भनिने खगोलविद्ले बताउँछन् । आजको चन्द्रग्रहणलाई नांगो आँखाले पनि हेर्न पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्