रोपाइँमा गएकी राममाया तमोर नदीमा हाम फालेर बेपत्ता

<span class='c1'>रोपाइँमा गएकी राममाया तमोर</span> <span class='c2'>नदीमा हाम फालेर बेपत्ता</span>

ताप्लेजुङ: ताप्लेजुङको खोक्लिङ-३ की राममाया विक तमोर नदीमा एक्कासी हाम फालेर बेपत्ता भएकी छन्।

खोक्लिङका लक्ष्मी गिरीको खेतमा रोपाइँको काम गर्न गएकी ४६ वर्षीय विक दिउँसो १२ बजे एक्कासि नदीमा हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ।

प्रहरीका अनुसार सँगै काम गरिरहेका अन्य साथीलाई छाडेर नदीमा पुगेको र एक्कासि हाम फालेर विक बेपत्ता भएकी हुन्।

बेपत्ता विक खोक्लिङ-३ का बलबहादुर विककी श्रीमती हुन्। उनको अहिले खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।

नदीमा हाम फाल्नुको कारण खुलेको छैन। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्