कटहरी गाउँपालिकाको २०८०/०८१ का लागि ५५ करोड ४९ लाखको बजेट

<span class='c1'>कटहरी गाउँपालिकाको २०८०/०८१  का लागि</span> <span class='c2'>५५ करोड ४९ लाखको बजेट</span>

विराटनगर । मोरङको कटहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ५५ करोड ४९ लाख ८१ हजार १ सय रुपैया बराबरको बजेट ल्याएको छ ।
कटहरी गाउँपालिकाको दोस्रो गाउँसभाको तेस्रो अधिवेशनमा बिहीबार गाउँपालिकाकी उपाध्यक्ष सीतादेवी राजवंशीले प्रशासनिक तथा संचालन खर्च १० करोड ७४ लाख ६८ हजार, कार्यक्रम तथा योजना खर्च चालु र पूँजीगत खर्च ४४ करोड ७५ लाख १३ हजार १ सय रुपैयाँ विनायोजन गरेकी हुन् ।

आय तर्फ संघीय सरकारबाट सामानिकरण अनुदान १२ करोड ५८ लाख, संघीय सरकारबाट सर्शत अनुदान २१ करोड ९० लाख, संघीय सरकारबाट राजश्व बाँडफाँड ९ करोड १५ लाख ९३ हजार १ सय, प्रदेश सरकार सामानिकरण अनुदान ७९ लाख ५२ हजार, प्रदेश सरकार राजश्व वाँडफाँड ४६ लाख ६५ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

यस्तै प्रदेश सरकार सशर्त अनुदान १ करोड १२ लाख २५ हजार, प्रदेश सरकार समपुरक अनुदान १ करोड , कटहरी गाउँपालिका आन्तरिक राजश्व ५ करोड ११ लाख, संघीय सरकार विषेश अनुदान १ करोड, संघीय सरकार समपुरक अनुदान २ करोड ३५ लाख, वन रोयल्टी १ लाख ४६ हजार रूपैया प्राप्त हुने अनुमान गरिएको छ ।
गाउँपालिकाले पूर्वाधार क्षेत्रका ७४ वटा योजनाको लागि ८ करोड ९२ लाख ५१ हजार रकम विनियोजन गरेको छ । यो कूल बजेटको ५१.३६ प्रतिशत हो ।
आम जनतामा सर्वशुलभ र गुणस्तरीय स्वास्थ्य सेवाको सरल र सहज पहुँच पु¥याउन समग्र स्वास्थ्य सेवाको लागि १ करोड ७४ लाख बजेट विनियोजन गरेको उपाध्यक्ष राजवंशीले जानकारी गराइन् ।

यो कुल बजेटको १०.०१ प्रतिशत हो । यस्तै शिक्षा क्षेत्रको समग्र विकासका लागि १ करोड २५ लाख विनियोजन गरेको छ । यो कुल बजेटको ८.८५ प्रतिशत हो । यसैगरी कृषि क्षेत्रको विकासको लागि ४६ लाख १० हजार विनियोजन गरेको छ ।
खानेपानी तथा सरसफाईका लागि १८ लाख, साँस्कृतिक प्रवद्र्धन अन्तरगत भाषा, धर्म, संस्कृति, भेषभुषा संरक्षण र प्रवद्र्धनका लागि २२ लाख ६५ हजार विनियोजन गरेकोछ । यस्तै खेलकुद तथा मनोरञ्जन अन्तरगत गाउँपालिकाभित्र विभिन्न खेलकुद कार्यक्रम संचालन गर्नका लागि ४ लाख, खेलकुद तथा मनोरञ्जन क्षेत्रको विकासका लागि १९ लाख ८४ हजार बजेट विनियोजन गरेको छ ।

कार्यक्रममा कोशी प्रदेशका सांसद भिम पराजुलीले कटहरी गाउँपालिकाको बजेट र नीति तथा कार्यक्रम प्रभावकारी रुपमा कार्यन्वयन गरेर लैजानुपर्नेमा जोड दिनुभयो ।


सोही अवसरमा कटहरी गाउँपालिकाका योजना शाखा प्रमुख शम्भू सापकोटा नगद ५१ हजार रुपैयाँले सम्मान गरेको छ । सम्मानित भएका सापकोटालाई कार्यक्रमका प्रमुख अतिथीले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्