टुकुचामाथिको जग्गा अध्ययन हुँदै

<span class='c1'>टुकुचामाथिको जग्गा</span> <span class='c2'>अध्ययन हुँदै</span>

काठमाडौँ । पाटन उच्च अदालतले दरबारमार्गस्थित जय नेपाल सिनेमाघरको कम्पाउन्डमुनि भेटिएको टुकुचा ढल नभई खोला नै भएको ठहरसहित फैसला गरेपछि सो खोलालाई खुला रूपमा नै बगाउन काठमाडौँ महानगरपालिकाले सुरु गरेको कानुनी प्रक्रिया अपेक्षित रूपमा अगाडि बढ्न सकेको छैन ।

अदालतको फैसलापछि काठमाडौँ महानगरपालिकाले उक्त खोलामाथि पर्ने जग्गाको लगत कट्टाको मागसहित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गरे पनि मन्त्रालयले अहिलेसम्म कुनै जवाफ दिएको छैन । महानगरपालिकाले गत वैशाख २५ गते मन्त्रालयमा पत्राचार गरेको थियो ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले टुकुचा खोलामाथि पर्ने जग्गाको लगत कट्टाको मागसहित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गरेको डेढ महिना पुग्न लाग्दा पनि मन्त्रालयले अहिलेसम्म कुनै जवाफ नफर्काएको जानकारी दिए ।

उनले भने “महानगरपालिका अहिलेसम्म मन्त्रालयको जवाफ र प्रतिक्रियाको प्रतीक्षामा छ । अबको केही दिनसम्म प्रक्रिया वा जवाफ नआए महानगरपालिको पुनः पत्राचार गर्ने वा थप प्रक्रिया अगाडि बढाउने छ ।” महानगरपालिकाले मालपोत ऐन, २०३४ को दफा २४ को प्रयोजनार्थ महानगर प्रमुख स्तरीय निर्णयले मन्त्रालयलाई पत्राचार गरेको प्रवक्ता मानन्धरले स्पष्ट पारे ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव तथा प्रवक्ता प्रकाश जोशीले टुकुचा खोलामाथि पर्ने जग्गाको लगत कट्टाको मागसहित काठमाडौँ महानगरपालिकाबाट पत्र प्राप्त भएपछि सोको आवश्यक कारबाही तथा राय मागका लागि मन्त्रालयका तर्फबाट नापी विभाग र भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई पत्राचार भइसकेको जानकारी दिनुभयो। उनका अनुसार सो विभागबाट राय सुझाव आउने क्रममा छ। यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्