जसपाको विधान अधिवेशन सुरु

<span class='c1'>जसपाको विधान</span> <span class='c2'>अधिवेशन सुरु</span>

काठमाडौँ । जनता समाजवादी पार्टी जसपा नेपालको विधान अधिवेशन आजदेखि राजधानीमा सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा आज पार्टी अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद अध्यक्ष अशोक राईले अधिवेशनको उद्घाटन गर्नुभएको हो ।

अधिवेशन आजदेखि तीन दिनसम्म सञ्चालन हुने सो पार्टीले जनाएको छ । पार्टीको शनिबार काठमाडौँमा सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुमोदन गरेको पार्टीको विधानको मस्यौदा यसै अधिवेशनमा पेस गरेर छलफल हुन लागेको जनाइएको छ ।

यस अधिवेशनमा केन्द्रीय समितिका चार सय छ सदस्यका साथै प्रदेश समिति, राष्ट्रिय समिति, विषेश प्रदेश समिति, जिल्ला समिति, महानगर, भातृ सङ्गठन तथा केन्द्रीय समितिबाट मानोनित हुने १० जनासहित सात सय ६१ प्रतिनिधि सहभागी छन् ।

सहभागी भएका प्रतिनिधिलाई विभिन्न १० समूहमा विभाजन गरेर विधानमाथि छलफल गरिनेछ भने छलफल सकिएपछि विधानमाथि नेताहरूले धारणा राख्ने गरी कार्यतालिका बनाइएको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्