वानएक्स बेटको प्रचार गरेको आरोपमा युट्युबर राजकुमार तामाङ पक्राउ

<span class='c1'>वानएक्स बेटको प्रचार गरेको आरोपमा</span> <span class='c2'>युट्युबर राजकुमार तामाङ पक्राउ</span>

काठमाडौं । वानएक्स बेटको प्रचार गरेको आरोपमा थप एकजना युट्युबरलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा युट्युबमा राजकुमार थापा मगरको नामबाट परिचित युट्युबर राजकुमार तामाङ रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

काभ्रे घर भएकी बूढानीलकण्ठ बस्दै आएका २२ वर्षीय तामाङलाई प्रहरीले गत शुक्रबार कपनबाट पक्राउ गरेको हो। तामाङमाथि वान एक्स बेटिङको प्रचार प्रसार गरेको आरोप छ ।

सो प्रकरणमा यसअघि प्रहरीले आठ जना कलाकार एवं युट्युबरलाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा हास्यकलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), राजु पौडेल (राजु मास्टर), बेगम नेपाली (भटभटे),गणेश देवकोटा (जीडी),एलिश राई,पवन खतिवडा (म्याकुरी), जालन घर्ती मगर र सरोज घिमिरे (ढेडु बुडो) पक्राउ परेका छन् । युट्युबमा प्रोमो कोड प्रयोग गरी वान एक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै उनीहरूले विज्ञापन गर्ने बेटिङमार्फत अवैध रुपमा कारोबार भइरहेको भन्दै कार्यालयले अपरेसन सुरु गरेको छ।

सोही प्रकरणमा अन्य कलाकार तथा युट्युबर पनि पक्राउको सूचीमा रहेको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्