नेकपा विभाजनको यथार्थ विश्लेषण आवश्यक : अध्यक्ष ओली

<span class='c1'>नेकपा विभाजनको यथार्थ विश्लेषण</span> <span class='c2'>आवश्यक : अध्यक्ष ओली</span>

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनको हितका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको यथार्थ विश्लेषण आवश्यक रहेको बताउनुभएको छ । एमाले नेता केशवप्रसाद वडालले लेख्नु भएको सिंहावलोकन पुस्तकको आइतबार यहाँ विमोचन गर्दै उहाँले नेकपा विभाजनको यथार्थ विश्लेषण गर्न सके भविष्यमा राम्रो हुनेसमेत बताउनुभयो ।

“नेकपा विभाजन किन कसरी, के उद्देश्य, आन्तरिक र वाह्य कारण के थियो त्यसको यथार्थ विश्लेषण गर्नुपर्छ”, उहाँले भन्नुभयो, “नेकपा विभाजन हुनुका कारण स्वचालित थियो वा परचालित के थियो ? त्यसको विश्लेषण जरुरी रहेको छ । यथार्थ विश्लेषणले नेपालको कम्युनिष्ट आन्दोलनको हित गर्दछ ।” नेपालमा भएका आन्दोलनले स्वतन्त्र क्रान्तिको रुप लिन नपाएपछि असफल भएको उहाँको भनाइ थियो । “नेपालका आन्दोलनले स्वतन्त्र क्रान्तिको रुप लिन पाएन, लिएन र त्यसरुपमा सफल पनि भएन”, उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले २००७ सालमा नेपाली जनताको बलले भएको आन्दोलन भए पनि तर सम्झौता नेपाली र नेपालका राजनीतिक शक्तिले वार्ता गरेर टुङ्ग्याउन नपाएको बताउनुभयो । “विसं २०३६ को आन्दोलन जनमत सङ्ग्रहमा गएर टुङ्गियो । २०४६ सालको आन्दोलन एउटा सम्झौतामा गएर टुङ्गियो । २०६२/२०६३ सालको आन्दोलन सम्झौतामा गएर टुङ्गियो”, उहाँले भन्नुभयो ।

उहाँले अन्तराष्ट्रिय क्षेत्रमा पनि राजनीतिक पुरानै राजनीतिक नभएको भन्दै कम्युनिष्ट भनेर जे बुझिन्थ्यो अहिले त्यो पुरानो कम्युनिष्ट आज नभएको प्रस्ट पार्नुभयो । अध्यक्ष ओलीले नयाँ ढङ्गले सामाजिक परिवर्तन गर्न सकिन्छ भनेर जनताको बहुदलीय जनवादी ल्याइएको बताउनुभयो ।

अध्यक्ष ओलीले पुस्तकमा नेपाल कम्युनिष्ट भित्र के के खालका समस्या रहेका छन्, त्यसको पनि पुस्तकको अर्को संस्करणमा उठान गर्नुपर्ने धारणा राख्नुभयो । घटनासँगसम्बन्धी भएर प्रवृत्तिको विश्लेषण पुस्तकमा गरियो भने पुस्तक महत्त्वपूर्ण हुने उहाँको भनाइ थियो । लेखक वडालले पुस्तक नेपाल कम्युनिष्ट पार्टीको स्थापनादेखि १०औँ महाधिवेशनसम्मको बारेमा लेखिएको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्