मिस्टर नेपालमा भिड्दै विराटनगरका रमननाथ गिरी, यस्ता छन् अन्य प्रतिस्पर्दी

<span class='c1'>मिस्टर नेपालमा भिड्दै विराटनगरका रमननाथ</span> <span class='c2'>गिरी, यस्ता छन् अन्य प्रतिस्पर्दी</span>

‘मिस्टर नेपाल २०२३’ को अन्तिम स्पर्धाका लागि २० प्रतियोगी छानिएका छन् । देशभरका हजारौं सहभागीबाट पहिलो चरणका लागि ३०० प्रतियोगी छानिएका थिए । जसबाट अन्तिम स्पर्धाका लागि उत्कृष्ट २० छानिएका हुन् ।

छानिएका प्रतियोगीतमा डाक्टर, इञ्जिनियर, पाइलट, चार्टड एकाउन्टेन्टलगायत विभिन्न प्रतिष्ठित पेशासँग आवद्ध रहेका छन् ।

छानिएका २० प्रतियोगीमा निमेष कपाली (काठमाडौं), राजन ऐयर (महेन्द्रनगर), असिम लामिछाने (भक्तपुर), रोहित भाट (कञ्चनपुर), रोहिम धौभडेल (भक्तपुर), समर्पण कार्की (मोरङ), लोकेश प्रधानाङ्ग (ललितपुर), रिकेश प्रसाईं (झापा), विजय दुवाडी (चितवन) र राजीव तिवारी (गोर्खा) रहेका छन् ।

प्रशिक्षणमा स्विमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी विषय समावेश छन् । ‘मिष्टर नेपाल’ नेपालमा आयोजना हुने पुरुषहरुको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता हो । यसको छनोट चरणको अडिसन विराटनगर, जनकपुर, चितवन, बुटवल, पोखरा र काठमाडौंमा भएको थियो ।

विराटनगरबाट मिस्टर पुर्वान्चल नेपालबाट बिजेता भएर मिस्टर नेपालमा स्वत टप २० मा पर्न सफल भएका हुन् रमननाथ गिरी । उनले विराटनगरको मेरिल्याण्ड कलेजबाट कक्षा १२ को परिक्षा दिएका छन् ।

१६ देखि ३२ वर्ष ननाघेका युवाहरुको सहभागिता रहने प्रतियोगितामा ५ फिट ८ इन्च माथि उचाइ भएका नेपाली नागरिक रहनुपर्ने प्रावधान छ । प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वर्ल्ड २०२३’ वा ‘मिस्टर ग्लोवल २०२३’ मा नेपालको प्रतिनिधित्वका साथै ५ लाख बराबरको पुरस्कार हात पार्नेछन् ।

नेक्स्ट मोडल्स नेपालकी प्रवन्ध निर्देशक यत्ना पाण्डेले युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले सन् २००१ देखि नियमित प्रतियोगिता आयोजना हुँदै आएको बताइन् । प्रतियोगिताको कोरियोग्राफर प्रशान्त ताम्राकार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्