विराटनगर । विश्वासको मत माग्दै काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपक्षी दललाई पत्र पठाएका छन् ।
आज बस्ने बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदैछन् ।
विश्वासको मत लिनुअघि प्रतिपक्षी दल नेपाली कांग्रेस,माओवादी केन्द्रसहित प्रतिपक्षी दललाई लिखित पत्र पठाएका हुन् ।
माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका कार्कीले आज दिउँसो १ बजे बस्ने तेस्राे अधिवेशनकाे पहिलो बैठकमा विश्वासको मत लिने कार्यसूची छ ।