विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्दव थापाले आवश्यकता परेमा मध्यावधि निर्वाचनमा जान सकिने बताएका छन् ।
प्रदेशसभा सचिवालयमा संचारकर्मीसंग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन्।
उनले सरकारलाई विश्वासकाे मत भने नदिने स्पष्ट पारे । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासकाे मत माग्दै पत्र पठाउनु स्वभाविक रहेकाे बताउदै उनले उनकाे त्यसकाे जवाफ संसदबाटै दिने पनि बताए ।
´बरु प्रदेश मध्यावधिमा गयाे भने फेस गरौंला । मध्यावधिमा जानू ठूलाे कुरा भएन । तर, मुख्यमन्त्रीलाई विश्वासकाे मत दिँदैनौं,´ थापाले भने, ´।
उनले ४ दल (कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपा)बीचमा एक भएर अघि बढ्ने सहमति भएकाे जानकारी गराउदै सहमति अक्षरस पालना हुने फ्म्दावी गरे उनले भने त्यसमा कुनै शंका गर्नु पर्दैनन् ।` उनले प्रदेशकाे जनमत नै अलि असहज खालकाे प्राप्त भएकाले याे अवस्था आएकाे उल्लेख गरे ।
एमाले नेतृत्वकाे सरकार ढलेपछि प्रदेशमा गठबन्धन दलबीच सहमतमै नयाँ सरकार बन्ने पनि उनकाे भनाइ थियो। थापाले गठबन्धनकाे ठूलाे दल भएकाले नयाँ सरकारकाे नेतृत्व कांग्रेसले गर्न पाउनु पर्ने पनि बताए । तर, सरकारका विषयमा शीर्ष नेतृत्वले गरेकाे निर्णय स्वीकार्य हुने उनी बताउँछन् ।