कोशी प्रदेश : मुख्यमन्त्रीमा उद्धब थापाको दाबी पेश गर्न सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको निर्देशन

<span class='c1'>कोशी प्रदेश : मुख्यमन्त्रीमा उद्धब थापाको दाबी पेश</span> <span class='c2'>गर्न सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको निर्देशन</span>

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता उद्धब थापाको दाबी पेश गर्न सत्तारुढ गठबन्धन दलका शीर्ष नेताले प्रदेशका दलका नेताहरुलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको शीर्ष दलका नेताहरुले गठबन्धनका प्रदेश संसदीय दलका नेताहरुलाई थापालाई मुख्यमन्त्रीमा दावी पेश गर्न निर्देशन दिएका हुन् ।

थापालाई नै मुख्यमन्त्रीको रुपमा अगाडि सार्दै आज बेलुका ५ बजेभित्र प्रदेश प्रमुख पर्शुराम खापुङकोमा दाबी पेश गर्न निर्देशन दिएका हुन् ।

त्यसअघि सात दलीय सत्ता गठबन्धनको बैठकले कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापालाई बनाउने निर्णय गरेको भएपनि राप्रपाको समर्थन नहुँदा के गर्ने भन्ने अन्यौल थियो ।

काँग्रेस संसदीय दलका नेता उद्धब थापा, माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो, एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईसमेतलाई शीर्ष बैठकमा आमन्त्रण गरी यस्तो निर्देशन दिइएको हो । नेताहरुको निर्देशनपछि दलका नेताहरु मुख्यमन्त्रीको दाबी पेश गर्न काठमाडौंबाट विराटनगर फर्कंदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्