विराटनगरको सेन्ट मेरिज कलेजमा पुर्वाधार तथा शैक्षिक गतिविधिमा नयाँपन

<span class='c1'>विराटनगरको सेन्ट मेरिज कलेजमा पुर्वाधार</span> <span class='c2'>तथा शैक्षिक गतिविधिमा नयाँपन</span>

विराटनगर । विराटनगरको एकमात्र स्कुल जहाँ छात्राहरु मात्रै अध्ययन गर्दछन् ।

विराटनगर–२ शंखरपुरस्थित सेन्ट मेरिज माध्यमिक विद्यालयले प्लस टु तर्फ विगत ५ वर्षदेखि अध्ययापन गराउदै आएको छ ।

विश्वव्यापि रूपमा गुणस्तरिय शिक्षाका लागि अलग, छाप र पहिचान बनाउन सफल भएको यो गैर नाफाकारी संस्था हो। जहाँ छात्राहरूमा सिप क्षमताको र उपयोगितावादको प्रवर्धन गर्ने उद्देश्यले स्थापना गरिएको विद्यालयले जनाएको छ ।

कौशल शिप उन्मुख र अभ्यासमा आधारित शिक्षा प्रदान गर्दै आइरहेको उक्त विद्यालय छात्रा र अभिभावकहरूको रोजाइमा पर्ने गरेको कार्यक्रम संयोजक प्रविण कुमार विश्वासले बताए ।

सुविधा सम्पन्न शैक्षिक पूर्वाधार व्यवस्थापन, पूर्वाधार उत्कृष्ट दक्ष अनुभवी तथा ख्याति प्राप्त प्राध्यापक र युवा लेक्चररहरुको समूहद्वारा फाठ्यक्रम सिकाईका साथै अतिरित्त क्रियाकलापहरूको विधिबाट पढाई हुने गरेको छ । उक्त विद्यालयमा प्रत्येक कक्षा कोठामा स्मार्ट बोड राखिएको साथै पुस्तकालय प्रयोगशाला, क्यान्टिन रहेको प्लस टु कार्यक्रम संयोजक विश्वासले जानकारी दिए ।

कक्षा ११ र १२ तर्फ २०७६ सालदेखि नैं शतप्रतिशत नतिजा ल्याउन सफल भएको संस्थामा विद्यार्थीहरूका लागि प्रि–मेडिकल र प्रि–इन्जिनियरि संचालनमा ल्याउने तयारीमा रहेको संयोजक विश्वासले बताए।

उक्त विद्यालयमा बिज्ञान , म्यानेजमेन्ट, कम्प्युटर साइन्स अध्ययापन हुने विद्यालयले जनाएको छ। नयाँ शैक्षिक सत्रमा कक्षा ११को प्रवेश परीक्षा असार २८ गते १० बजे हुने संयोजक विश्वासले जानकारी दिए ।

कलेजले आफ्नो भौतिक पुर्वाधार तथा शैक्षिक गतिविधिमा नयाँपन दिने उदेश्यले कक्षा सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्