विराटनगरका अभिषेक श्रेष्ठ चिभनिगएल्मुनाई एशोसियसन नेपालको अध्यक्ष चयन

<span class='c1'>विराटनगरका अभिषेक श्रेष्ठ चिभनिगएल्मुनाई</span> <span class='c2'>एशोसियसन नेपालको अध्यक्ष चयन</span>

विराटनगर । व्रिटिस सरकारको सहयोगमा चिभनिंग छात्रवृत्तिबाट वेलायतका विभिन्न विश्वविद्यालयमा अध्ययन गरेका विद्यार्थिहरुको संस्था चिभनिंगएल्मुनाई एशोसियसन नेपालको नयाँ कमिटीको चयन भएको छ ।

वार्षिक साधारणसभाले विराटनगरका अभिषेक श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको हो ।

नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा अभिषेक श्रेष्ठ निर्वाचित भएका छन् । बोर्डमा रोजी जोशी (उपाध्यक्ष), निश्चल खरेल (महासचिव), जुनु श्रेष्ठ (कोषाध्यक्ष), सुजन शिल्पकार (सहसचिव) र विनोद पराजुली (संयुक्त कोषाध्यक्ष) रहेका छन् । कार्यसमितिमा मनोज पौडेल, आशिका शर्मा, बसन्त शर्मा, अमन श्रेष्ठ, प्रदीप घिमिरे, उत्तम पुडासैनी र विराज ढुंगाना सदस्य छन् ।

साधारणसभाले अघिल्लो समितिले पेश गरेको प्रगति प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदनलाई अनुमोदन गरेको थियो ।

चिभनिंगएल्मुनाई एशोसियसन नेपाल, चेवेनिङ छात्रवृत्ति र फेलोशिपहरू प्राप्त गर्ने पूर्व विद्यार्थीहरूको नेटवर्क हो र यसले अन्तर्राष्ट्रिय सम्बन्ध, जलवायु परिवर्तन, ऊर्जा, र कानूनलगायतविभिन्न मुद्दाहरूमा पूर्व विद्यार्थीहरूको संलग्नता र छलफललाई प्रोत्साहन गर्ने कुरामा केन्द्रित छ।

चिभनिंगएल्मुनाई एशोसियसन नेपालमा पूर्व मन्तृ, राजदुत्, राजनीति, सार्वजनिक र कूटनीतिक सेवा, मिडिया, शिक्षाविद्, गैर-सरकारी संस्था, र निजी क्षेत्रका क्षेत्रका प्रमुख व्यक्तित्वहरू समावेश छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्