काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको बस खस्दा१९ यात्रु घाइते

<span class='c1'>काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको</span> <span class='c2'>बस खस्दा१९ यात्रु घाइते</span>

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन् ।

सडकखण्डको भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा बागमती प्रदेश०१–००६ख ५२३७ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो ।

काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको बस आज बिहान ५ः२० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।

बस अनियन्त्रित भई सडकबाट १० मिटर तल खसी रुखमा अड्किएको छ । बसमा ४० यात्रु सवार थिए ।

घाइतेमध्ये १० जनाको पुरानो मेडिकल कलेजमा, आठ जनाको भरतपुर अस्पतालमा र एक जनालाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्