विराटनगरको राधा कृष्ण भूपालमान सिंह कार्की मावि डिप्लोमा इन सिभिल इन्जिनियरिङ्गमा भर्ना

<span class='c1'>विराटनगरको राधा कृष्ण भूपालमान सिंह कार्की</span> <span class='c2'>मावि डिप्लोमा इन सिभिल इन्जिनियरिङ्गमा भर्ना</span>

विराटनगर । विराटनगर १ पानी टंकीस्थित श्री राधा कृष्ण भूपालमान सिंह कार्की मावि सिभिल इन्जिनियरिङ्ग संकायमा भर्ना खुलेको छ।

डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग संकायतर्फ शैक्षिक सत्र २०८० का लागि भर्ना खुलेको विद्यालयले जनाएको छ ।

एसइई परीक्षामा कम्तीमा पनि १.६ जीपीए भन्दा माथि ल्याएको विद्यार्थीले भर्ना हुन पाउने साथै विद्यालयको प्रवेश परिक्षा साउन २४ गते बिहान ८ बजे हुने विद्यालय प्रशाशनले जानकारी दिएको छ।

सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण, व्यवस्थित कक्षा कोठा, दक्ष तथा अनुभवी प्राध्यापक, प्रशिक्षकबाट प्रशिक्षण प्रदान गराउदै आएको विद्यालयले जनाएको छ।

विद्यालयमा हरेक हप्ता अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने,फिल्ड भिजिट तथा अन्य योजना कार्यमा जोडने,जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था,आफ्नै शिक्षालयबाट भर्ना हुने विद्यार्थीलाई लाग्ने शुल्कमा २५ प्रतिशत छुटको व्यवस्था,प्रवेश परिक्षामा उत्कृष्ट अंक ल्याउनेलाई छात्रवृत्ति दिईने, स्वच्छ खानेपानीको व्यवस्था रहेको विद्यालय प्रशाशनले जानकारी दिएको छ।

आधुनिक तथा प्रविधि मैत्री कक्षाकोठा,सुविधा सम्पन्न ल्याव तथा लाइव्रेरी,व्यवस्थित क्यान्टिनको व्यवस्था तथा शैक्षिक अवलोकन भ्रमणको व्यवस्था रहेको छ।

भर्ना धमाधाम भएको हुँदा सिमित सिट मात्र बाकीँ रहेको विद्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्