विराटनगर । दृष्टि विशेषज्ञको एक टोलीले अप्टोमेट्रिष्ट पदको दरबन्दी हुनुपर्ने माग राख्दै स्वास्थ्य मन्त्रालय कोशी प्रदेशलाई ज्ञापन पत्र बुझाएका छन् । अन्य प्रदेशमा दृष्टि विशेषज्ञको दरबन्दी गरिए पनि कोशी प्रदेशमा अहिले नगरेका कारण दृष्टि विशेषज्ञ एक टोलीले स्वास्थ्य मन्त्रालयलाई यथासिग्र सरकारी अस्पतालहरुमा दरबन्दीको आह्वन गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।
नेपालमा हाल २ हजार भन्दा बढी दृष्टि विशेषज्ञ ओमेट्रिष्ट छन् । तर सरकारी दरबन्दी नभएको कारण दृष्टि विशेषज्ञहरु बेरोजगारी भएको अवस्था रहेको छ । प्राईभेट संस्थामा न्यून तलवमा काम गर्नुपर्ने वाध्यता रहेको उनीहरुको बताउँछन् ।
दृष्टि विशेषज्ञ संघबाट दृष्टि विशेषज्ञ राकेश शाहको नेतृत्वमा प्रदेश सचिवलाई मन्त्रालयमा दरबन्दीको चाडो भन्दा चाडो दरबन्दी हुनुपर्ने भनेर ज्ञापनपत्र बुझाएका थिए ।
नेपाल दृष्टि विशेषज्ञ संघ प्रदेश सरकारलाई चाडो दरबन्दी सृजना गरि आफुहरुले आर्जन गरेको ज्ञान र क्षमता प्रदर्शन गर्ने मौका प्रदान गरि नेपाली जनताको सेवामा जुट्ने वातावरण मिलाईदिन दृष्टि विशेषज्ञ राकेश शाहले प्रदेश सचिव समक्ष कुरा राखेका थिए । साथै साहले कोशी प्रदेशमा नेपाल दृष्टि विशेषज्ञ संघ गठन गरी दिनको लागि केन्द्र संघलाई अनुरोध गरेका छन् ।
विसं २०५८ साल देखी नेपाल स्वास्थ्य व्यवसायी परिषदमा दर्ता भई अप्टोमेट्रिस्टहरु नेपाल भरिका निजी अस्पताल तथा क्लिनिकहरुमा सेवा प्रदान गरिरहेको छन् ।