फिफा महिला विश्व कप फुटबलमा आज तीन वटा खेल हुँदै

<span class='c1'>फिफा महिला विश्व कप फुटबलमा</span> <span class='c2'>आज तीन वटा खेल हुँदै</span>

फिफा महिला विश्व कप फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आज इटली, जर्मनी, अर्जेन्टिना, ब्राजिललगायतको खेल हुँदैछ ।

नेपाली समय अनुसार बिहान पौने १२ बजे समूह ‘जी’ का इटली र अर्जेन्टिना खेल्दैछन् । यो खेल न्युजिल्यान्डमा हुनेछ ।आजका अरु दुई खेल अस्ट्रेलियामा हुनेछन् । दिउँसो सवा दुई बजे समूह ‘एच’ को जर्मनी र मोरक्कोबीच खेल हुनेछ ।

यस्तै, बेलुका पौने ५ बजे समूह ‘एफ’ को ब्राजिल र पानामा खेल्दैछन् । हिजो भएका खेलमा स्वीडेन, नेदल्यान्ड्स विजयी हुँदा फ्रान्स र जमैकाले गोलरहित बराबरी खेलेका छन् । आउँदो अगस्ट २० तारिखसम्म हुने विश्व कपमा ३२ टोलीको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्