इन्डोनेसियामा डुङ्गा डुब्दा १५ जनाको मृत्यु

<span class='c1'>इन्डोनेसियामा डुङ्गा डुब्दा</span> <span class='c2'>१५ जनाको मृत्यु</span>

इन्डोनेसियाको सुलावेसी टापुको तटीय क्षेत्रमा सोमबार एउटा काठको डुङ्गा डुब्दा कम्तीमा १५ जनाको मृत्यु भएको खोजी तथा उद्धार अधिकारीहरूले बताएका छन् ।

इन्डोनेसियाको खोज तथा उद्धार एजेन्सीको स्थानीय कार्यालयले एक विज्ञप्ति जारी गर्दै मध्यरात स्थानीय समयानुसार आइतबार ५ः००बजे डुङ्गामा ४८ जना यात्रा गरिरहेका जनाएको छ ।

उक्त घटनामा घाइते अवस्थामा उद्धार गरिएका छ जनालाई उपचारका लागि अस्पताल लगिएको छ भने डुङ्गा डुब्नुको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

दक्षिणपूर्वी सुलावेसीको केन्डारी शहरमा स्थानीय खोज तथा उद्धार एजेन्सीका प्रमुख मोहम्मद अराफाले अन्य २७ जना यात्रुको खोजी भइरहेको र मृतक सबैको सनाखत भइसकेको बताएका छन् ।

एजेन्सीले यसअघि १९ जना हराइरहेको बताएको थियो तर अराफाले खोजी कार्य अब ‘समाप्त भएकोे’ बताउनु भएको छ ।

स्थानीय उद्धार कार्यालयका प्रवक्ता वाह्युदिनका अनुसार डुङ्गा मुना टापुको ‘सेन्ट्रल बुटन रिजेन्सी’को लान्टो र लगिली गाउँको बीचमा रहेको खाडी पार गरिरहेको थियो ।

वाह्युदिनले डुङ्गामा अत्यधिक भार भएको स्थानीय सञ्चारमाध्यममा आएको समाचारको पुष्टि नभएको बताउनुभएको छ ।

इन्डोनेसियाली सञ्चार माध्यमका अनुसार गाउँलेहरू स्थानीय उत्सव मनाउन डुङ्गामा चढी यात्रारत थिए ।

सन् २०१८ मा सुमात्रा टापुमा रहेको विश्वको सबैभन्दा गहिरो तालमा डुङ्गा डुब्दा १५० जनाभन्दा बढीको मृत्यु भएको थियो ।

गत वर्षको मे महिनामा पूर्वी नुसा तेङ्गारा प्रान्तमा ८०० भन्दा बढी मानिस बोकेको एउटा डुङ्गा पानीमा डुबेको थियो र दुई दिनसम्म अड्केको थियो । उक्त दुर्घटनामा कोही पनि हताहत भएका थिएनन् । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्